२०८३ बैशाख २ - Wed Apr, 2026 -

Janasewa News

हैदरावादको पहिलो जित, चेन्नेईको चौथो हार

काठमाडौँ । आइपीएल क्रिकेटमा सनराइजर्स हैदरावादले पहिलो जित निकालेको छ । शनिबार बेलूकी सकिएको खेलमा हैदरावादले साविक विजेता चेन्नेई सुपर किंग्सलाई ८ विकेटले हराएको हो । मुम्बईमा हैदरावादले पहिलो जित निकाल्दा महेन्द्रसिंह धोनीले कप्तानी छाडेपछि नाजुक अवस्थामा पुगेको चेन्नेईको यो लगातार चौथो हार हो ।

टस हारेर पहिले ब्याटिङ गरेको चेन्नेईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५४ रन बनाएको थियो । उसका लागि मोइन अलिले सर्वााधिक ४८ रन बनाए । जवाफी ब्याटिङ गरेको हैदरावादले १४ बल बाँकी छँदै २ विकेट गुमाएर लक्ष्य भेट्टायो । उसका लागि ओपनिङमा आएका अभिषेक शर्माले ७५ रनको योगदान दिए ।

जारी आइपीएलमा पहिलो जित निकालेको हैदरावाद ३ खेलबाट २ अंकसहित आठौँ स्थानमा छ भने चार खेल खेलेपछि जितविहीन रहेको चेन्नेई पुछारबाट दोस्रो स्थानमा छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com