२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

गोकर्णेश्वर नगरपालिकाले ल्यायो फोहोर व्यवस्थापन गर्न नयाँ प्रविधि

सहरी क्षेत्रमा फोहोर व्यवस्थापन चुनौती बनिरहेका बेला काठमाडौँको गोकर्णेश्वर नगरपालिकाले आधुनिक प्रविधिबाट फोहोर व्यवस्थापन गर्न सुरू गरेको छ । घर घरबाट निस्कने फोहोरलाई प्रदूषणरहित रुपमा व्यवस्थापन गर्न नगरपालिकाले जापानी प्रविधिको इन्सिनरेटर मेसिन जडान गरी सञ्चालनमा ल्याएको छ ।

नगरपालिकाको आर्थिक सहयोग र हिटा हेभी मेसिनरी एन्ड रिसाइकल प्रालिको व्यवस्थापनमा घरघरबाट निस्कने फोहोरलाई धुँवारहित रूपमा जलाउने कार्य सुरू गरिएको गोकर्णेश्वर नगरपालिकाले जनाएको छ । नगरपालिका प्रमुख सन्तोष चालिसेले यसरी फोहोर व्यवस्थापन गर्ने गोकर्णेश्वर नगरपालिका नेपालमै पहिलो नगरपालिका भएको दाबी गरे ।

उनले भने,“इन्सिनरेटर मेसिन पू्र्णरूपमा सञ्चालनमा आउने क्रममा छ । यस्तै, तीन वटा मेसिन नगरपालिकाका विभिन्न स्थानमा राख्ने हो भने सिङ्गो नगरपालिकालाई फोहोर व्यवस्थापनको कुनै चुनौती हुँदैन ।”

उनका अनुसार गोकर्णेश्वर नगरपालिका वडा नं. ६ को मा बस्तीरहित स्थानमा उक्त मेसिन राखिएको छ । नगरपालिकाले दुई वर्षअघि जापानबाट पाँच करोड रूपियाँको लागतमा उक्त मेसिन खरिद गरेको हो । जापानका हरेक सहरमा यस्तै प्रविधिबाट फोहोरको व्यवस्थापन गर्ने गरिएको पाइएकाले नेपालका लागि पनि यस्तो प्रविधि उपयुक्त हुने लागेर मेसिन ल्याइएको प्रमुख चालिसेले बताए ।

यस प्रविधिमा घरहरूबाट निस्कने आगोमा बल्ने सबै प्रकारका फोहोरलाई एकीकृत गरी नगरपालिकाले प्रदान गरेको झोलामा फोहोर हाल्न लगाइन्छ। त्यस्ता फोहोरलाई नगरपालिकाको गाडीले घरघरमा पुगेर सङ्कलन गर्छ । गाडीले मेसिनसम्म पु(याएको झोलासहितको फोहोरलाई मेसिनमा हालेर फोहोरलाई धुँवारहित रुपमा जलाउने गरिन्छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com