२०८१ बैशाख २४ - Mon May, 2024 -

Janasewa News

स्थानीय तहको निर्वाचनमा नेपाली सेना परिचालन गरिने बाटो खुल्यो

आउँदो वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा नेपाली सेना परिचालन गरिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मङ्गलबार स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना २०७८ जारी गरेपछि सेना परिचालन गर्ने बाटो खुलेको हो । उक्त योजनामा सेना परिचालन गर्ने व्यवस्था छ ।

निर्वाचनमा सुरक्षा निकायलाई एकीकृत तथा समन्वयात्मक बनाउन नेपाली सेना परिचालन गर्नुपर्ने सिफारिस राष्ट्रिय सुरक्षा परिषद्ले चैत १७ गते मन्त्रिपरिषद्मा गरेको थियो । मन्त्रिपरिषद्ले चैत २४ गते त्यस्तो निर्णय गरेको थियो । योजना स्वीकृतिका लागि चैत २४ गते नै प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए ।स्थानीय तहको निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना जारी गरिएको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com