२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

पहिलो जितको खोजीमा मुम्बई

एजेन्सी

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज बुधबार मुम्बई इन्डियन्सले आफ्नो पाँचौँ खेल खेल्दैछ । प्रतियोगिताको चार खेलमा पराजित भएको मुम्बई आजको खेलमा सहज जित निकाल्दै सेमिफाइनलमा प्रवेशको सम्भावना बाँकी राख्न चाहन्छ ।

पुनेमा हुने मुम्बई इन्डियन्स र पन्जाब किङ्सबीचको खेल नेपाली समय अनुसार राति ७ः४५ बजे सुरु हुनेछ । मुम्बई आज पहिलो जितको खोजीमा हुनेछ । मुम्बईले यस अघि लगातार ४ खेलमा हार बेहोरेको छ । यता पन्जाब आजको खेलमा जित निकाल्दै तालिकामा आफूलाई बलियो बनाउने योजनामा छ । पन्जाबले ४ खेलमा ४ अङ्क जोडेको छ । पन्जाब सातौँ स्थानमा रहेको छ । यता मुम्बई अङ्कविहीन हुँदै तालिकाको पुछारमा छ । दुई टोलीबीचको पछिल्लो पाँच खेलमामा मुम्बईले ३ खेलमा जित निकालेको छ । दुई खेलमा पन्जाबले बाजि मारेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com