२०८१ बैशाख २२ - Sat May, 2024 -

Janasewa News

एलोन मस्कद्वारा ट्वीटर किन्ने प्रस्ताव, ह्वात्तै बढ्यो सेयर मूल्य

एजेन्सी । विश्वको सबैभन्दा धनी व्यक्ति तथा इलेक्ट्रिक कार कम्पनी टेस्लाका संस्थापक एलोन मस्कले ट्वीटर किन्न प्रस्ताव गरेका छन् । एलोन मस्कको यो अफरपछि ट्वीटरको शेयर ह्वात्तै बढेको छ । इलोन मस्कले ट्विटरको ९.२ प्रतिशत शेयर किनेर यो अफर दिएका हुन् ।

प्रतिसेयर ५४.२० डलर दिने !

एलोन मस्कले ट्वीटर किन्न ४१.३९ विलियन डलर अर्थात् ९३.२ लाख करोड रुपैयाँ तिर्ने बताएका छन् । एक रिपोर्टका अनुसार यदि सम्झौता फाइनल भएमा मस्कले प्रस्ताव गरे अनुसार ट्वीटरको प्रति शेयरको लागि ५४.२० डलर तिर्नेछन् ।

ह्वात्तै बढ्यो ट्वीटरको सेयर मूल्य

मिडिया रिपोर्टका अनुसार एलोन मस्कले यूएस सेक्युरिटीज एण्ड एक्सचेन्ज कमिशनमा फाइलिङ गर्दै यस अफरको बारेमा जानकारी दिएका छन् । यो खबर मिडियामा आएपछि ट्वीटरको शेयर ४५.८५ डलरको स्तरमा पुगेको छ । एलोन मस्क २५९ बिलियन डलरको सम्पत्तिका हुन् ।

बोर्डमा सामेल अस्वीकार

यसअघि ट्वीटरको ९।२ प्रतिशत सेयर किनेका एलोन मस्क ट्वीटरको बोर्डमा सामेल हुने खबर आएको थियो । तर, पछि उनले उक्त प्रस्ताव अस्वीकार गरे । ट्वीटरका सीईओ पराग अग्रवालले ट्विट गर्दै यसको जानकारी दिएका हुन् ।

यससँगै अग्रवालले मस्कको सल्लाहलाई कम्पनीमा सधैं स्वागत गरिने बताएका थिए । पराग अग्रवालले गरेका ट्वीटमा भनिएको छ, ‘बोर्डमा एलोन मस्कको नियुक्ति अप्रिल ९ बाट लागू हुने भनिएको थियो तर, एलोन मस्कले बोर्डमा सामेल हुन अस्वीकार गरे । मलाई आशा छ कि उनले यो निर्णय राम्रोको लागि लिएका छन् ।’

ट्वीटरको सबैभन्दा ठूलो शेयर को–कोसँग छ ?

  • एलोन मस्क–९.२ प्रतिशत
  • भ्यानगार्ड समूह – ८.८५
  • मोर्गन स्टेनली – ८.४ प्रतिशत
  • ब्ल्याकरक– ६.५ प्रतिशत
  • स्टेट स्ट्रीट कर्पोरेशन – ४।५ प्रतिशत
  • ज्याक डोर्सी – २.३ प्रतिशत

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com