२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

क्रान्तिकारी माआवादी निकट अखिल क्रान्तिकारी ललिलपुर जिल्ला भेला भव्य रुपमा सम्पन्न

काठमाडौँ । नेकपा (क्रान्तिकारी (माआवादी) निकट अखिल (क्रान्तिकारी) ललिलपुर जिल्ला भेला भव्य रुपमा वैशाख ५ गते पाटन संयुक्त क्याम्पस, ललिलपुर जिल्लामा नेकपा (क्रान्तिकारी माओवादी) का स्थाई समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चाका केन्द्रीय अध्यक्ष सी.पि गजुरेलको प्रमुख आतिथ्यतामा र अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेलको विशेष आतिथ्यतामा भव्य रुपमा सम्पन्न भएको थियो।

उक्त भेलामा देजमो नेपालका अध्यक्ष नेता सी.पि गजुरेलले विधार्थी तप्काहरु चुप लागि लागि बस्न नहुने यसकालागि संगठित हुँदै संधर्षहरुमा विधार्थीहरु राष्ट्रियता, जनजीविकाका तमाम समस्यहरु लाई सचेत तरिकाले उठान गर्दै आन्दोलन चर्काउदै दलाल, माफिया विरुद्ध आन्दोलनको नेतृत्व गर्न विधार्थीहरु अग्रिम मोर्चामा लाग्नु पर्ने बताउनु भयो।

यसैले विधार्थीहरु आफु वदलिदै समाज बदल्न राजनीतिमा सम्लग्न हुनु पर्ने बताउनु भयो। यस्तै अखिल (क्रान्तिकारी) का अध्यक्ष हरिकृष्ण गजुलेलले विधार्थीहरुले शैक्षिक क्षेत्रमा देखिएका तमाम विकृति विरुद्ध अखिल (क्रान्तिकारी) हरुले सारा विधार्थीहरुको नेतृत्व गरेर प्रत्येक स्कुल,क्याम्पसहरुमा पढ्किनु पर्ने बताउनु भयो।

शिक्षा क्षेत्र माफियाहरुको कव्जामा रहेको समय सम्म जनताका छोराछोरीहरुको भविष्य सुनिश्चित नहुने भएकोले यसका विरुद्ध लड्न तयार हनुपर्ने वताउनु भयो।
ने.क.पा (क्रान्तिकारी माओवादी) ललितपुर जिल्ला सेक्रेटरी स्याम के.सि ले युवा विधार्थीहरु सचेत रहदै आन्दोलन संघर्षलाई अगाडी बढाउनु पर्ने बताउनु भयो। उक्त भेला मा अखिल (क्रान्तिकारी) का केन्द्रीय उपाध्यक्ष शीलु न्यौपाने, महासचिव पेसल दाहाल, सचिव राम तिरुवा, प्रभात भट्टराई , नेकपा क्रान्तिकारी माओवादीका जिल्ला ईन्चार्ज कगेन्द्र महर्जन, जनस्वास्थ्य केन्द्रीय संयोजक ईन्दिरा अधिकारी, विगेसो का अध्यक्ष पदम लिम्बू, प्राध्यापक संगठनका केन्द्रीय सदस्य चिदानन्द यादव, लगायत स्थानिय नेता र अखिल (क्रान्तिकारी) का केन्द्रीय स्थरका नेता हरुको समेत आतिथ्यता रहेको थियो,।

उक्त भेला बाट ईश्वर सिंह साउदको अध्यक्षतामा २९ सदस्य जिल्ला कमिटि निर्माण भएको छ। भेलाले उपाध्यक्षमा विष्णु महर्जन र देवेन्द्र धामी, सचिवमा लालसिंह धामी, सहसचिवमा , कोषाध्यक्षमा सृष्टि कुवर र सहकोषाध्यक्षमा भरत रोकालाई निर्वाचित गरेको छ। उक्त भेलाको प्यानल प्रस्थाप अखिल (क्रान्तिकारी) को केन्द्रीय उपाध्यक्ष शीलु न्यौपानेले गर्नु भएको थियो भने, निर्वाचित जिल्ला कमिटिलाई अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिव राम तिरुवा ,प्राध्यापक संगठनका केन्द्रीय सदस्य चिदान्द यादव र ललितपुर महानगरको ईन्चार्ज निरन तुलाधरले शुभकामना दिनुभएको थियो।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com