क्रान्तिकारी माओवादी पार्टीले स्थानिय चुनाव बहिस्कार गर्दा सरकारको गयो सात्तो

काठमाडौँ । पाँच दलीय गठवनधनको सरकारले नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) को निर्णय अनुसार पार्टीका नेता तथा कार्यकर्ताहरुद्वारा गरिएका विभिन्न प्रकारका शान्तिपूर्ण प्रचारात्मक कार्यक्रमहरुमाथि हस्तक्षेप गर्ने र सम्बन्धित कमरेडहरुलाई गिरफ्तार समेत गर्ने काम गरेको छ ।
आज विहान करिब ८ः४५ बजे बर्दियाको राजापुरमा बहिष्कारको प्रचार प्रसार गर्ने क्रममा पार्टीका पीबीएम तथा लुम्बिनी प्रदेश सचिव कमरेड भुपेन्द्र नेउपाने र केन्द्रीय सदस्यहरु क. समीर के.सी. तथा क. विपिन रोकाया लगायतका नेता तथा कार्यकर्ताहरुलाई प्रहरीले गिरफ्तार गरी नियन्त्रणमा लिएको सम्वन्धमा नेकपा (क्रान्तिकारी माओवादी) महासचिव किरणद्दरा देउवा नेतृत्वको गठबन्धन सरकारको यस प्रकारको फासीवादी कदमको तीव्र निन्दा तथा भत्र्सना गर्दै सरकारको यस प्रकारको लोकतन्त्र विरोधी रवैयाका विरुद्धमा सशक्त आवाज उठाउन सच्चा लोकतन्त्रवादी पार्टी, संगठन तथा व्यक्तित्वहरुमा हार्दिक अपिल गर्दै एक प्रेस वक्तव्यमार्फत सो जानकारी दिइएको छ ।
प्रेस वक्तव्य :
