२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

पाल्पामा एसइई दिने १२७ परीक्षार्थी अनुपस्थित

पाल्पामा एसइई दिने १२७ परीक्षार्थी अनुपस्थित

पाल्पा । पाल्पामा माध्यमिक शिक्षा परीक्षा (एसइई) मा १२७ परीक्षार्थी अनुपस्थित भएका छन् ।

नियमिततर्फ छात्रा ४६ र छात्र ५६ गरी १०२, ग्रेडवृद्धितर्फ छात्रा १२ र छात्र १३ गरी २५ जना अनुपस्थित भएको शिक्षा विकास तथा समन्वय एकाइका सूचना अधिकारी बमबहादुर थापाले जानकारी दिए।

परीक्षामा जिल्लामा १३६ विद्यालयका परीक्षार्थी परीक्षामा सहभागी भएका छन् ।

यहाँ परीक्षामा २६ केन्द्र निर्धारण गरिएको छ भने २६ केन्द्राध्यक्ष, ३२ सहायक केन्द्राध्यक्ष, २४२ निरीक्षक, ४९ परीक्षा सहायक, ९८ कार्यालय सहयोगी र ३९० सुरक्षाकर्मी परिचालन गरिएको छ ।

विद्यार्थीको सङ्ख्या चार हजार ८४१ भए पनि पहिलो दिन १२७ विद्यार्थी अनुस्थित रहेको कार्यालयले जानकारी दिएको छ ।

परीक्षा सञ्चालनका लागि प्रदेश परीक्षा व्यवस्थापन समिति, परीक्षाको अनुगमनदेखि उत्तरपुस्तिका परीक्षण, संपरीक्षण र रुजुको कामसमेत गरिएको छ । परीक्षाका लागि प्रदेश परीक्षा व्यवस्थापन समितिमार्फत जिल्ला परीक्षा समन्वय समितिलाई परिचालन गरिएको छ ।

जिल्लामा पहिलो दिन शान्त वातावरणमा मर्यादित रुपमा परीक्षा भएको छ ।

विगत दुई वर्ष कोभिड–१९ को महामारीले सञ्चालन हुन नसकेको परीक्षा यस वर्ष भने विद्यार्थीको भौतिक उपस्थितिमा भएको छ ।

शुक्रबार पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा भएको छ । परीक्षा वैशाख २० गतेसम्म परीक्षा सञ्चालन हुनेछ ।

 

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com