२०८१ बैशाख २२ - Sat May, 2024 -

Janasewa News

एमालेबाट हेटौंडाको मेयरमा पौडेल र उपमेयरमा काफ्लेको उम्मेदवारी दर्ता

एमालेबाट हेटौंडाको मेयरमा पौडेल र उपमेयरमा काफ्लेको उम्मेदवारी दर्ता

 

मकवानपुर । आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट हेटौंडा उपमहानगरपालिकामा मेयर र उपमेयरका उम्मेदवारले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका छन् ।

मेयरका उम्मेदवार अनन्त पौडेल र उपमेयरको उम्मेदवार सुमित्रा काफ्लेले उम्मेदवारी दर्ता गराएका हुन् । उनीहरूसंगै नगरका वडा अध्यक्ष तथा सदस्यहरूले पनि उम्मेदवारी दर्ता गराएका छन् । केही वडाहरूको दर्ता क्रम जारी रहेको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले बताए ।

एमाले कार्यकर्ताहरू उम्मेदवारी दर्ताका लागि विभिन्न सांस्कृतिक झांकी र र्‍याली सहित पार्टी मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।

यता गठबन्धनले पनि केहि बेरमा र्‍याली सहित उम्मेदवारी दर्ताको लागि निस्कने तयारी गरिरहेको छ । हेटौंडाको १९ वटा वडामा उम्मेदवारी रहेका एमालेका उम्मेदवारहरूको विवरण तालिका यसैसाथ छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com