२०८३ जेष्ठ १९ - Tue Jun, 2026 -

Janasewa News

फेरि फोहोर उठ्न छाड्यो

फेरि फोहोर उठ्न छाड्यो

ठेकेदारले बाटो कालोपत्रे नगरेका कारण राजधानीको फोहोर अनिश्चितकालका लागि रोकिएको छ। तीन दिनअघि अल्टिमेटम दिएका स्थानीयले माग पूरा नगरेको भन्दै पुनः फोहोर रोकेका हुन्। मुखतीनपिप्ले सडक कालोपत्रे गर्नुपर्ने माग गर्दै करिब एक महिनादेखि आन्दोलनरत स्थानीयले काठमाडौँ महानगरपालिकासँग पटकपटक वार्ता गर्दा पनि समस्या समाधान हुन नसकेको भन्दै आइतबारबाट अनिश्चितकालीन रूपमा बन्द गर्ने घोषणा गरेका छन्।

स्थानीय संघर्ष समितिका संयोजक भवनाथ गजुरेलले माग पूरा नभएसम्म कुनै हालतमा फोहोर लैजान नदिने स्पष्ट पारे। उनले भनेअब हाम्रो अन्तिम आन्दोलन हो, पटकपटक छलफल गर्दा पनि बाटो नबने पछि अनिश्चितकालीन आन्दोलन गर्नुपरेको हो। आजको नेपाल समाचार पत्र दैनिकमा समाचार छ ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com