२०८१ जेष्ठ ५ - Sat May, 2024 -

Janasewa News

मकवानपुरमा प्रमुख पदमा महिलाको उम्मेदवारी

मकवानपुरमा प्रमुख पदमा महिलाको उम्मेदवारी

हेटौँडा । मकवानपुरमा गठबन्धन दल र नेकपा एमालेले पालिकाहरुको प्रमुख पदमा एक÷एकजना महिला उम्मेदवारको मनोनयन दर्ता गराएसँगै प्रमुख पदमा उम्मदेवारी दिने महिलाको सङ्ख्या तीन पुगेको छ ।

हेटौँडा उपमहानगरपालिकामा गठबन्धनबाट नेकपा समाजवादीकी मीना लामाको उम्मेदवारी दर्ता भएको छ भने नेकपा एमाले बकैया गाउँपालिकामा सरला बोलखेको उम्मेदवारी दर्ता भएको छ । त्यसैगरी बकैया गाउँपालिकाबाट नै नेकपा माओवादी केन्द्रले लक्ष्मी माझीको उम्मेदवारी दर्ता गराएसँगै मकवानपुरमा तीनजना महिलाहरु प्रमुख पदका उम्मेदवार बनेका हन् ।

बकैया गाउँपालिककी अध्यक्ष उम्मेदवार बनेकी माझीबाहेक पालिकाको प्रमुख पदमा उम्मेदवारी दिएका दुईजना नै सोही पालिकामा स्थानीय निर्वाचन २०७४ मा उपप्रमुख पद जितेका थिए ।

यसैगरी नेकपा एमालेले मनहरि गाउँपालिकामा २५ वर्षीया सुजिता थिङको उम्मेदवारी दर्ता गराएको छ । उक्त उम्मेदवारी दर्तासँगै थिङ कान्छी महिला उम्मेदवारका रुपमा चर्चामा आएका छन् । मकवानपुरको तीनवटा पालिकामा सहमति नजुटेपछि अध्यक्ष र उपाध्यक्ष दुवै पदमा दलहरुले आ आफ्नो उम्मेदवार दिएका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com