२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

दोलखा वैतेश्वरमा माओवादी र एकीकृत समाजवादीको मात्रै गठबन्धन, अध्यक्षमा लक्ष्मण खड्काको उम्मेदवारी

दोलखा वैतेश्वरमा माओवादी र एकीकृत समाजवादीको मात्रै गठबन्धन, अध्यक्षमा लक्ष्मण खड्काको उम्मेदवारी

 

दोलखा । नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) को तर्फबाट वैतेश्वर गाउँपालिका अध्यक्षका लागि लक्ष्मण खड्काले मनोनयन दर्ता गरेका छन् ।

वैतेश्वर गाउँपालिकामा त्रिपक्षिय निर्वाचन हुने भएको छ । जसमा नेपाली कांग्रेस, माओवादी(एकीकृत समाजवादी गठबन्धन र नेकपा एमालेबीच प्रतिस्पर्धा हुनेछ ।

मनोनयन दर्ताको क्रममा खड्काले वैतेश्वर पालिकामा माओवादी–समाजवादी गठबन्धनले विजय प्राप्त गर्ने दवी गरे । उनले आफूले जिते पालिकालाइ नमुना बनाउने प्रतिबद्धता गरे ।

विकास निर्माणको अभियानमा देखिएको गलत क्रियाकलाप, भ्रष्टाचार र बेतिथिलाई अन्त्य गरी स्थानीय सरकारलाई सिस्टमा चलाउने बताए ।

उनले उच्च शिक्षा अध्ययनका लागि पूर्ण जिम्मेवारी लिने, शैक्षिक पुर्वाधार विकास गर्ने, कृषि तथा पशुपालन क्षेत्रलाई व्यवसायीक ढंगले अघि बढाएर गाउँमै रोजगारीको अवस्था सिर्जना गर्ने बताए ।

त्यस्तै गाउँपालिकामा रहेको अस्पतालमा उपचार र शल्यक्रिया गर्ने वातावरण बनाउने र चुनावी घोषणापत्रमा समेटिने र सोहीअनुसार काम गर्ने बताए ।

खड्काले बस्ती टोल हेरेर न्याय प्राप्त हुने गरी विकासको खाका बनाएर अघि बढ्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com