२०८१ जेष्ठ २ - Wed May, 2024 -

Janasewa News

रसुवामा आठ उम्मेदवारविरुद्ध उजुरी

रसुवामा आठ उम्मेदवारविरुद्ध उजुरी

 

रसुवा । आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि रसुवामा मनोनयन दर्ता गरेका आठजना विरुद्ध उजुरी परेको छ ।

आमाछोदिङ्मो गाउँपािलका अध्यक्षविरुद्ध दुई र उपाध्यक्षविरुद्ध एक, उत्तरगयामा दलित महिला सदस्यविरुद्ध एक र गोसाइँकुण्डमा वडाध्यक्षविरुद्ध एउटा उजुरी दर्ता भएको हो ।

आमाछोदिङ्मो गाउँपालिकाका निर्वाचन अधिकृत शान्तिप्रसाद लुइँटेलका अनुसार एमाले उम्मेदवारविरुद्ध नेपाली कांग्रेस र माओवादी केन्द्रका उम्मेदवारले, कांग्रेसका उम्मेदवारविरुद्ध एमालेलेका उम्मेदवारले उजुरी दिएका छन् ।

यस्तै तीन सदस्य पदका लागि पनि उजुरी दिएको उनको भनाइ छ । ‘सदस्य पदका लागि तीनवटा उजुरी आएको छ, तर अन्य व्यक्तिले गरेका कारण यसको अर्थ रहँदैन,’ उनले भने ।

गोसाइँकुण्ड गाउँपालिकाको वडा नम्बर १ का वडाध्यक्षका उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारले उजुरी हालेका छन् । कांग्रेसबाट उम्मेदवार दिएकाविरुद्ध आफू कार्यरत संस्थाबाट राजीनामा नदिएको भन्दै उजुरी दर्ता आएको मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले बताए । उत्तरगया गाउँपालिका दलित महिला सदस्यविरुद्ध दलित भएको आधिकारिक पत्र नबुझाएको भन्दै उजुरी परेको हो ।

 

 

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com