माओवादी प्रदेश कमिटी सदस्यद्वारा पार्टी परित्यागको घोषणा

माओवादी प्रदेश कमिटी सदस्यद्वारा पार्टी परित्यागको घोषणा
जनसेवा न्युज डटकम संवाददाता
नेकपा माओवादी केन्द्र मधेस प्रदेश कमिटी सदस्य सुधीर यादवसहितका कार्यकर्ताले पार्टी परित्यागको घोषणा गरेका छन् । रौतहटको गरुडामा बुधबार पत्रकार सम्मेलनको आयोजना गरी उनीहरूले पार्टी परित्यागको घोषणा गरेका हुन् ।
पत्रकार सम्मेलनमा २०५९ सालदेखि माओवादी प्रदेश कमिटीमा रहेको तर नेतृत्वको स्वार्थको कारण पार्टीले सम्पूर्ण सिद्धान्त छोडेको यादवले बताए । माओवादीको रणनीतिक उद्देश्य भनेको समाजवाद, साम्यवाद स्थापना नभएसम्म हतियार फाल्नु पर्ने थिएन । तर अध्यक्ष प्रचण्डको कारण हतियार फालिएको उनले आरोप लगाए । उनले माओवादी जनयुद्धको उपलब्धि शून्य भएको जिकिर गरे ।
माओवादी पार्टीको उद्देश्य अनुसार निर्वाचन प्रणाली अनुकूल नभएको उनको भनाइ छ । यही बुर्जुवा निर्वाचन प्रणालीमा अध्यक्ष प्रचण्ड रुमली रहेको उनले जिकिर गरे । उनले अब स्वतन्त्र वामपन्थीको रूपमा जीवन बिताउने बताए ।