२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

कोशी सरकार निर्माणपछि राजेन्द्र लिङ्देनले भने : हामी विपक्षमा

काठमाडौं – कोशी सरकार निर्माण प्रक्रियाका बारेमा क्रिया प्रतिक्रिया आइरहेको छन् । कार्की नियुक्त हुने बित्तिकै नेपाली काँग्रेसका शेखर कोइराला पक्षधरले सत्तारूढ गठबन्धन कायमै राख्ने र थप मजबुत बनाउने सम्झौता गरेका छन् ।

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभापति शेरबहादुर देउवा र कोइरालाबीच भएको लिखित सहमति अनुसार गठबन्धन नटुट्ने बरु थप बलियो बनाउने सम्झौता भएको हाे । यसले राजनीतिमा थप रोचक मोड लिएको छ ।

यसैबीच, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कोशी प्रदेशमा राप्रपा प्रतिपक्षमा बस्ने जनाएका छन । नेकपा एमालेका समर्थनमा कांग्रेसका विद्रोही उम्मेदवार केदार कार्की मुख्यमन्त्री नियुक्त भएलगत्तै अध्यक्ष लिङ्देनले राप्रपा विपक्षमा रहने प्रारम्भिक प्रतिक्रिया दिएका छन् ।

‘कोशी प्रदेशमा सरकार बनाउन कांग्रेस, एमाले, माओवादी मिलेको राम्रो हुन्छ भन्ने हाम्रो निरन्तरको सुझाव थियो । अन्ततः घुमीफिरी त्यही बाटोबाट सत्तारूढ गठबन्धन र प्रमुख प्रतिपक्षको सहकार्यमा मुख्यमन्त्रीको नियुक्ति भएको छ,’ उनले भनेका छन्, ‘अब यसरी नै अहिलेको व्यवस्था र अवस्थाका पक्षधरहरू एकातर्फ र विपक्षहरू अर्को तर्फ हुने ध्रुवीकरणलाई तीव्र पारौं, हामी विपक्षमा ।’

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com