२०८१ बैशाख ८ - Sat Apr, 2024 -

Janasewa News

सत्तागठबन्धनको बैठक जारी, यस्ता छन् छलफलका एजेण्डा ?

सत्तागठबन्धनको बैठक जारी, यस्ता छन् छलफलका एजेण्डा ?

काठमाडौं । स्थानीय निर्वाचनको समीक्षा तथा सरकारका नीति तथा कार्यक्रमबारे छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक बसिरहेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार दिउँसो गठबन्धनको बैठक बसिरहेको हो । वैशाख ३० गते स्थानीय चुनाव सम्पन्न भएपछि गठबन्धनको बैठक पहिलो पटक बसेको हो ।

बजेटअघि जेठ १० गते संसदमा सरकारका वार्षिक नीति तथा कार्यक्रम पेश गर्ने तयारी छ । सरकारको नीति तथा कार्यक्रमलाई अन्तिम रुप दिनेबारे समेत बैठकमा छलफल हुने बालुवाटार स्रोतले बताएको छ ।

बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत गठबन्धनका नेताहरू सहभागी छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com