२०८३ बैशाख ४ - Fri Apr, 2026 -

Janasewa News

दुई सातामा उपत्यकाका ६ स्थानमा आगलागी

दुई सातामा उपत्यकाका ६ स्थानमा आगलागी

 

गर्मीयाम शरू भएसँगै राजधानीमा आगलागीका घटना बढ्न थालेका छन्। यो महिनामा मात्र ६ स्थानमा आगलागी भएको छ। अधिकांश घटना चुरोटको ठुटोका कारण भएको छ। वैशाख १ देखि अहिलेसम्म ६ स्थानमा आगलागी भएको जानकारी दिँदै दमकल कार्यालय काठमाडौंका प्रमुख चन्दन श्रेष्ठले भने, ुहिजो बुधबार हल्चोकको पश्चिमी जंगल र त्रिभुवन विश्वविद्यालयको गेट नजिक भाडीमा आगालागी भएको थियो।

वैशाख २ गते नागार्जुन जंगलमा, ४ गते तार्केश्वर नगरपालिकास्थित शान्तिधाम नजिकैको जंगलमा, १३ गते म्हेपी मन्दिरको जंगल र चोभारको जंगलमा आगलागी भएको थियो।ु ​तीनदिन अघि शिवपुरीमा लागेको आगो बल्ल नियन्त्रणमा आएको छ।

दमकलले मात्र सो आगलागी नियन्त्रण गर्न नसकेपछि सिमिक एयरको हेलिकोप्टर प्रयोग गरिएको थियो। सो आगलागीको मुस्लो र धूवाँका कारण उपत्यकाको मौसम धुम्म भएको छ। दमकल कार्यालय प्रमुख श्रेष्ठले कसैले जानेर त कसैले अन्जानमा आगो लगाउँदा जंगलमा ठूलो क्षति भएको बताए। उनका अनुसार अनुसन्धानका क्रममा सबैजसो आगलागीको घटना चुरोट सल्काएर फालेकै कारणबाट हुने गरेको छ।

दिनहुँजसो आगलागीको घटना बढ्न थालेपछि दमकलका कर्मचारी हैरान भएका छन्। एक अग्नि नियन्त्रकले भने, ुपछिल्लो १५ दिनमा हामी सुत्नसमेत कठिन भएको छ। पछिल्लो एक महिनामा १३ स्थानमा आगलागीको घटना भएको दमकल कार्यालयको तथ्यांक छ। यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com