२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

अमेरिकी मन्त्री तिब्बती शरणार्थी शिविरमा, चीन असन्तुष्ट

अमेरिकी मन्त्री तिब्बती शरणार्थी शिविरमा, चीन असन्तुष्ट

अमेरिकाको प्रजातन्त्र र मानवअधिकार उपमन्त्री तथा तिब्बती मुद्दाहरूका लागि अमेरिकी विशेष संयोजक उज्रा जियाले जाउलाखेलस्थित तिब्बती शरणार्थी शिविरको भ्रमण गरेकी छन् । जाउलाखेलस्थित तिब्बती शरणार्थी शिविरको भ्रमण गर्न पुगेकी उपमन्त्री जियाले तिब्बती शरणार्थीहरूको जनजीवन र उनीहरूको धारणा बुझेकी छन् ।

परराष्ट्र मन्त्रालयले भने जियाले तिब्बती शरणार्थी शिविर भ्रमण गर्ने सम्बन्धमा जानकारी नभएको बताएको थियो। उनले नेपाल सरकारलाई जानकारी नदिई तिब्बती शरणार्थी शिविरको अवलोकन गरेकी हुन् । नेपालमा जियाको भ्रमणलाई लिएर चीन असन्तुष्ट रहेको छ। गत बुधबार मात्रै अमेरिकी सहायक विदेशमन्त्री आउनु अघि नेपालस्थित चिनियाँ राजदूत हाउ यान्छीले गृहमन्त्री बालकृष्ण खाँणसँग भेट गरेकी थिइन् । अमेरिकी अधिकारीको भ्रमण र नेपालबाट हुन सक्ने चीन विरोधी गतिविधि र शान्ति सुरक्षाको विषयमा उनले ध्यानाकर्षण गरेको गह मन्त्रालय स्रोतले जनायो । आजको राजधानी दैनिकमा समाचार छ ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com