२०८० चैत्र १५ - Thu Mar, 2024 -

Janasewa News

भकारी छाडेर भिखारी बनेपछि यो संसारमा जे–जे छ त्यो तपाई भएर मात्र भएको हो : सफलता बोगटी

भकारी छाडेर भिखारी बनेपछि यो संसारमा जे–जे छ त्यो तपाई भएर मात्र भएको हो : सफलता बोगटी

– सफलता बोगटी

भकारी छाडेर भिखारी बनेपछि । यो संसारमा जे जे छ त्यो त तपाइ भएर मात्र भएको हो । यो संसारमा तपाइले जन्म लिनु भएको थिएन भने तपाइले यो लेख कहाँ पढ्नु हुनथ्यो र ?

त्यसैले आफ्नो जिवनसंग आफै आभारी बन्नु नै सबै भन्दा ठुलो खुशि प्रशन्न आनन्द र मस्ति हुन्छ । हामी आफैमा भकारी भरी भए पनि बाहिर चाहि भिकारी बन्यौ । तपाइ भिखारी बन्नु कसैले तपाइलाइ भिखारी बनाएका थिए । यति चाहि पुगे पछि वा कमाए पछि अरु त त्यसै कमाइ हालिन्छ नी वा कमाइन्छ भनेर हामी यहि स्थानमा चिप्लियौ । तपाइ अरु प्रति आभारी हुन झुक्दा चाहि तपाइमा प्रशन्नता मिल्छ । कुनै जोर जुलुमले तपाइसंग बाहिरबाट खुशि आउदैन किनभने त्यो तपाइ भित्रै छ । जिवनभरी तपाइ अरु प्रति आभारी बन्नु नै भएन । हामी जोसंग आभारी छौ आभारसंगै खुशि आउछ । हामीले आफुलाइ चाहि कुनै काममा पनि आभार दिन सकेनौ । अरु प्रति मात्र आभारी बन्यौ । हामी अरुसंग कृतज्ञ बन्न सकेनौ । किन अरुसंग आभारी बनिरहने हो र भन्ने सोचाइमा हामी कन्जुस बन्यौ ।

जिवनका साना – साना कुरामा पनि अनुशासित बन्नु पर्छ । अरुले के गर्छन् त्यो तपाइको चासोको विषय नै होइन तपाइ के गर्दै हुनुहुन्छ त्यसमा चाहि तपाइ चासो दिनोस वा त्यो चाहि तिम्रो विषय हो । ईश्वरले पनि तिमीलाइ मात्र दुख दिए किनकि इश्वरलाइ थहा छ तिमी यति सम्म दुख खप्न सक्छौ भनेर । जनक राजा राजा भन्दा पनि महर्षि थिए उनि महान आत्मा बन्नु पर्छ भन्ने मान्यता राख्थे । आफैमा खुशि हुने बानीले जिवनमा विनम्रता र खुशि आउँदछ । तपाइका वरीपरि खुशि र आनन्दको भिषण वर्षा भै रहेको छ । तर तिमी भिजिन्छ भनेर ओडारमा ओत लागेका छौ ।

तपाइको जिवनको क्रुर सत्य अरु कसैले तपाइलाइ बताउन सक्दैन । यो सत्य त तपाइ आफैले कुर्ने हो हेर्ने हो व्योर्होने हो । जिवन सजिलो छ तर हामी सरल जिवन छाडेर कठोर जिवनमा बाँच्न रमाउछौं । चुनौति र कठिनाइ विनाको जिवन मुर्दा मात्र हुन्छ । कठिन जिवनका लागि प्रार्थना गर त्यसले तिमीलाइ विनम्र र शाहासि बनाउदछ । चुनौतीले नै जिवन अगाडी बढाउन मद्धत गर्दछ । वर्षा र जाडोमा कठिन जिवन जिउनका लागि अगाडी बढ । तिम्रो शक्ति नै देवताको भन्दा ठुलो शक्ति छ । जिवनका कडा कठिनाइ विरुद्ध शाहास नदेखाएर मात्र हामी सबै तिर हारेका छौ । तिमी समुन्द्रको थोपा होइनौ, बरु थोपामा अटाएको समुन्द्र चाहि हौ । हामी सानो कुरामा अटाएको ठुलो मान्छे हौ ।

हामी जति छिटो नजिक र शाहास गरेर अगि बढ्छौ कष्ट कठिनाइ र कमजोरी स्वतह स्वाहा हुदै जान्छन । जिन्दगिमा जन्मजात कुनै कुराहरु पनि राम्रा र नराम्रा हुदै हुदैनन् । जिवनका सबै घटनाहरु आ- आफ्नै स्वाभावका हुन्छन् । हामीले नै सबैलाइ सजिलो र गारो आफैले नै बनाएका हौ । बुद्धका सबै ज्ञानलाइ एकै शब्दमा भन्दा दुखको अन्त्य गर्नु भने कै जिवनमा दुख छ भन्ने स्वीकार्नु मात्र हो । जिवनमा दुख छ भन्न साथ दुखका कारणहरु पत्ता लागि हाल्छन । जिवनका हिस्साहरुमा नै दुख सुख सजिला अप्ठेरा राम्रा नराम्रा सबै आँटेर बसेका छन् ।

हामी अप्ठेराहरुसंग रमाउन सक्नु पर्छ । ऋजयकभ थ्यगच क्भाि, अमेरिकी व्यापारी जेम्स अल्सरले खोलेका १७ बटा कम्पनि असफल भए । जेम्स अल्सर भन्छन, मैले सबैबाट शिक्षा पाए । जिवन भनेकै आफै खोज्ने अनुभव गर्ने र व्योहोर्ने हो, अरुले त तपाइका लागि केहि पनि गर्न सक्दैनन् ।
तपाइको जस्तै सबैको भविष्य अनिश्चित नै छ । सबैले जिवनमा समस्याहरु मात्र उठाउदछन । सबैजना आफ्ना खराव परिस्थितीका बारेमा मात्र बोल्छन वा अरुलाइ सुनाउदछन । तर कसैको साहानुभुतिले तपाइको जिवनमा रुपान्तरण हुदैन ।

तपाइ आफैले आफुलाइ गर्ने व्याबहारले मात्र तपाइलाइ अगाडी बढाउने हो । जिवनलाइ असल – असल मात्र छान्ने विधि बनाउनु पर्छ चाहे मित्र हुन वा शत्रु । जिन्दगिमा राम्रो मात्र हुन्छ भन्ने सोचाइ र गराइले मात्र तपाइलाइ राम्रो बनाउदछ । हामीले खराव परिस्थितीमा पनि थोरै खुशि उमार्न र उभार्न सक्नु पर्छ ।

दुखका बेला पनि आफुलाइ सुखमा उपल्ब्ध गराउने प्रपञ्च जान्नु पर्छ । एक जना राजा सल्लाहकारका साथमा जंगलमा सिकार गर्न गएका छन । सल्लाहकारले सधैं र सबै समस्याको राम्रो पक्ष मात्र देखाउथे । जे भयो राम्रैका लागि भयो भनेर निष्कर्ष पुराउथे । जंगलमा बारुज भरीएको राजाको बन्दुक अचानक पडकिएर राजाको हातको औलामा चोट लाग्छ ।

यो देखेर सल्लाहकारले भन्छ, मेरो विचारमा सबै कुराहरु राम्रैका लागि भएका छन । औला जल्दा पनि राम्रैका लागि भन्ने सल्लाहकारलाइ राजाले जेलमा थुन्ने आदेश दिन्छन र उनि जेलमा थुनिन्छन् । अब राजाका प्रिय सल्लाहकार जेलमा छन । अर्को दिन राजा शिकार खेल्न जाादा नरभक्षि भिल्लहरुको घेरामा पर्छन् । भिल्लहरुले मान्छे भेटे पछि जिउदै पोल्दा तातोले मान्छे चिच्चाएको बेला मासु खानु औधि मज्जा मान्दा रहेछन् । राजालाइ जिउदै पोल्न तयारी गर्दैछन । तर उनिहरुको कडा नियम अनुसार मान्छे वा शिकारको अंगमा चोट वा खत देखिनु हुदैन थियो । तर राजाको औला बारुजले खत बनेकोले उनलाइ जिउदै जलाउन मिलेन र उनलाइ भिल्लहरुले फर्काइ दिए । अब राजा भन्छन् , सल्लाहाकारले ठिकै भनका रहेछन । मेरै वढि जिवनका लागि बुढि औला काटिएको रहेछ । राजाले सल्लाहकारको सबै जेल जिवन माफि दिएर उनलाइ भेट्न बोलाए । राजासंग सल्लाहकार भन्छन् मलाइ थुनेर धेरै राम्रो गरिदिनु भयो ।

कसरी भने म नथुनेको भए म पनि हजुरसंगै हुन्थे र विना खतको भनेर नरभक्षि भिल्लहरुद्धारा म मारिन्थे । सबै कुराहरु राम्रो हुन्छ भन्नु समपर्ण वा भक्तिको विषय हो । यो संसारमा नराम्रो त भगवानले बनाएकै छैनन् । अथवा दोष श्रृष्टिमा छैन हाम्रो हेर्ने दृष्टिमा मात्र छ । तपाइलाइ मन पर्दैन भन्दैमा हुन्छ र अरुले त्यसैलाइ मरिहत्ते गरेर मन पाराइ रहेका छन्  त ।

(लेखका लागि सबै प्रकारका सन्दर्भहरु प्रति आभारी छु) 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com