२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

नेपाल र जिम्बाबे‘ ए’ बीचको पहिलो एकदिवसीय खेल स्थगित

नेपाल र जिम्बाबे‘ ए’ बीचको पहिलो एकदिवसीय खेल स्थगित

जनसेवा न्युज डटकम संवाददाता

 

नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज ९शनिबार० जिम्बावे ‘ए’बीचको खेल स्थगित भएको छ । त्रिवि क्रिकेट मैदानमा ९ः३० बजे सुरु हुने भनिएको खेल वर्षाले गर्दा स्थगित भएको हो । खेल टस हुनुअगावै भारी वर्षा भएपछि म्याच रेफ्री सत्यजित सरकार र अम्पायर विनय कुमार झाको टोलीले मैदान निरीक्षण गर्दै आजको खेल स्थगित भएको जानकारी दिएका छन् ।

क्यानका अनुसार यस खेल आइतबार हुने भएको छ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–टू को तयारी स्वरूप नेपालले जिम्बावे ‘ए’ सँग प्रतिस्पर्धा गर्न लागेको हो । नेपाल आजको खेलमा सहज जित निकाल्दै सिरिजमा सुखद सुरुवात गर्ने योजनामा छ ।​

जिम्बावे ‘ए’ पनि बलियो टोली हो । जिम्बावे ‘ए’ पनि नेपाललाई हराएर सिरिजमा विजयी सुरुवात गर्न चाहन्छ । नेपालले तीन वर्षअघि सिंगापुरमा जिम्बावेविरुद्ध खेलेको थियो । त्रिकोणात्मक टी–ट्वान्टी सिरिज अन्तर्गत दुवै खेलमा नेपाल पराजित भएको थियो । एकदिवसीय सिरिज अन्तर्गतको दोस्रो खेल सोमबार र तेस्रो खेल बुधबार हुनेछ ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com