२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

गणेशमानको नाम लिएर राजनीति नगर्न केशव स्थापितको आग्रह

गणेशमानको नाम लिएर राजनीति नगर्न केशव स्थापितको आग्रह

काठमाडौँ । नेकपा (एमाले) तर्फका काठमाडौँ महानगरपालिकाका मेयर पदका उम्मेदवार केशव स्थापितले गणेशमानको नाम लिएर राजनीति नगर्न आग्रह गरेका छन्। काठमाडौँ महानगरपालिका वडा–१० का मतदातासँगको अन्तरक्रियामा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले भने, ‘गणेशमानजीको लामो इतिहाँस छ । उहाँको नाम लिएर राजनीति गरेर हुँदैन,’उहाँप्रति सम्मान प्रकट गर्नुपर्छ ।’ स्थापितले अहिले नेपाली कांग्रेसले गणेशमानको नाममा राजनीति गरेको तर सम्मान गर्न नसकेको बताए ।

‘सिर्जना (नेपाली कांग्रेसका तर्फबाट काठमाडौँ महानगरपालिकाकी मेयर पदकी उम्मेदवार) जी अझ गणेशमान सिंहको परिवारका लागि जे गर्नु पर्ने हो लेखेर दिनुहोस् म पूरा गर्न तयार छु,’ उनले भने, ‘तर गणेशमानको नाममा राजनीति गर्ने सम्मान भने नगर्ने कुरा हुन्न । उनले आफू मेयर हुँदा गणेशमानप्रति सम्मान गरेको पनि स्मरण गराए।

‘म मेयर निर्वाचित भएपछि तिलगंगा नजिक रहेको र अहिले स्वीजरल्याण्ड पार्कले परिचित स्थानमा गणेशमान सिहंको सम्झनामा गणेशमान पार्क निर्माण गर्ने प्रतिवद्धता यहि मञ्चबाट व्यक्त गर्न चाहन्छु,’ उनले भने ‘गणेशमानसिंहको उरन्ठ्यौलोपनदेखि जेल परेको सम्मको इतिहास समेटेर संग्राहलय बनाउने कामको जिम्मा महानगरपालिकाले लिन्छ । यो प्रस्ताव लिएर आउनु पर्‍यो नि ?’

उनले आफूमाथि लाग्ने गरेको महिला हिंसाको आरोपलाई फल लागेको वृक्षमा हानेको गुलेलीको संज्ञा दिए । ‘फुल नफुलुन्जेल थाहा हुन्न । फुल फुलेपछि आँखा लाग्न थाल्छ, चिचिला लागेपछि अझ आँखा लाग्छ थाल्छ । फल लाग्न थालेपछि वृक्षमा अझ आक्रमण हुन थाल्छ,’ उनले भने, ‘कसैले गुलेली हान्न थाल्छन्, कसैले ढुंगा हानेर फल झार्ने प्रयास गर्छन । वृक्षले दिने भनेको फल हो । मलाई जुन प्रकारको आरोप लागेको छ नि म हिंसा विरोधी मान्छे हुँ । म महिलाहरुलाई आदर गर्ने महिलाहरुलाई सम्मान गर्ने मान्छे हो ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com