२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

हामीलाई कारवाही गर्नु पागलपना हो नेकपा प्रवक्ता : विश्वकर्मा 

हामीलाई कारवाही गर्नु पागलपना हो  नेकपा प्रवक्ता : विश्वकर्मा

जनसेवा न्युज डटकम संवाददाता

नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपा समूहका नेता खड्गबहादुर विश्वकर्माले विप्लवसहित आफूलाई कारवाही गर्नु पागलपना भएको टिप्पणी गरेका छन् । बुधबार चितवनमा बसेको हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोला पक्षले विप्लवलाई महासचिव र विश्वकर्मालाई प्रवक्ताबाट हटाएपछि विश्वकर्माले आफूहरुलाई कारवाही गर्नुको अर्थ नभएको बताएका छन् । हेमन्तप्रकाश र धर्मेन्द्र पक्षको भेलाले महासचिवमा विप्लवलाई हटाएर संयोजकमा बास्तोलालाई बनाएको छ ।

उहाँ (हेमन्तप्रकाश र धर्मेन्द्र पक्ष) ले हामीलाई कारवाही गर्नु भनेको पागलपना हो त्यसको कुनै अर्थ छैन । हामीसँग पार्टी छँदैछ, त्यसलाई अघि बढाउँछौ’ रातोपाटीसँग छोटो प्रक्रिया दिँदै विश्वकर्माले भने,‘पार्टीको नीति विचारअनुसार हामी अघि बढ्छौ । त्यस्ता अनावश्यक कुरामा अल्झिँदैनौ ।’ तपाईंहरु एमालेसँग चुनावी तालमेल गरेकाले विभाजनको अवस्थामा पुगेको हो भन्ने प्रश्नमा विश्वकर्माले आरोप लगाउनेहरूसँग केही भन्न नसकिने बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com