२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

निर्वाचन आयोगले ३२ दललाई सोध्यो स्पष्टीकरण

निर्वाचन आयोगले ३२ दललाई सोध्यो स्पष्टीकरण

 

प्रमुख राजनीतिक दलहरूले नै निर्वाचन आचारसंहिताको उल्लङ्घन गरेको पाइएको छ । निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन प्रकरणमा मागेको जवाफमा प्रमुख राजनीतिक दलकै सङ्ख्या बढी छ ।

आयोगले जवाफ मागेकामा नेकपा (एमाले), नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेपाल, नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टी छन् । आयोगले राजनीतिक दललाई पटक पटक आचारसंहिताको पूर्ण पालनाका लागि आग्रह गर्दै विशेष निर्देशनसमेत जारी गर्दै आएको छ ।

तथापि आचारसंहिता उल्लङ्घनका घटनामा प्रमुख राजनीतिक दल मुछिने क्रम घटेको छैन । आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखा प्रमुख एवं सहसचिव यज्ञप्रसाद भट्टराईले ३२ दल, उम्मेदवार तथा पदाधिकारीसँग जवाफ मागिएको जानकारी दिए । उनले पाँच जनाको जवाफ अझै नआएको बताए ।

पछिल्लो पटक आयोगले नेकपा ९एमाले० र नेपाली काँग्रेसलाई चुनावी प्रचारप्रसारको क्रममा बालबालिकाको प्रयोग गरेको सम्बन्धमा सो दलसँग जवाफ मागेको हो । यो समाचार गोरखापत्र दैनिकमा छ ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com