२०८१ बैशाख ६ - Thu Apr, 2024 -

Janasewa News

काठमाडौंमा रातिदेखि नै वर्षा, पहाडी भू–भागमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौंमा रातिदेखि नै वर्षा, पहाडी भू–भागमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

 

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा गए रातिदेखि नै पानी परिरहेको छ । काठमाडौंमा रातिदेखि वर्षा भएको छ भने देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने पूर्वानुमान मौसम पूर्वानुमान महाशाखाले गरेको छ ।

देशका पहाडी भू–भागहरुमा हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ । राति पनि मौसममा बदली रही देशका विभिन्न स्थानमा वर्षा हुने महाशाखाले जनाएको छ । वागमती प्रदेशसहित मुलुकका विभिन्न भागमा चट्याङसहित वर्षा हुने मौसम विभागको पूर्वानुमान छ ।

चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श महाशाखाले भनेको छ– देशको पहाडी भू–भागका केही स्थानहरूमा र बाकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ ।’

आजको मैसम

दिउँसो स् देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही देशको अन्य भू–भागमा आंशिक बदली रहनेछ। देशको पहाडी भू–भागका केही स्थानहरूमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती : देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही देशका अन्य भू–भागमा आंशिक बदली रहने छ । प्रदेश १ , मधेश प्रदेश र बागमती प्रदेशका केही स्थानहरूमा र बाकी प्रदेशका पहाडी भूभागका एक र दुई स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com