२०८१ बैशाख २१ - Fri May, 2024 -

Janasewa News

राष्ट्रपति भण्डारीद्वारा दुवै सदनको अधिवेशन आह्वान

राष्ट्रपति भण्डारीद्वारा दुवै सदनको अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी जेठ ३ गते मङ्गलबार अपराह्न ४ बजे सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेकी छन् ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा, ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्ले आज गरेको सिफारिसअनुुसार उक्त दिन दुवै सदनको अधिवेशन आह्वान गरेकी हुन् ।

राष्ट्रिपति कार्यालयका प्रवक्ता सागर आचार्यले आज जारी गरेकी प्रेस विज्ञप्तिमा भनिएको छ, “नेपालको संविधानको धारा, ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७९/१/२५ को सिफारिसमा संवत् २०७९ साल जेठ ३ गते मङ्गलबारका दिन १६ः०० अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, बानेश्वरमा सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ ।”

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com