२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

आज यी प्रदेशमा वर्षाको सम्भावना

आज यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा स्थानीय वायु र भारतको बिहार-पश्चिम बंगालमा बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभाव रहेको छ । बिहान पहाडी भूभागमा आंशिक बदली रहेको छ ।

दिउँसो देशभर बदली रहने आँकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ । महाशाखाका अनुसार प्रदेश १, बागमती र गण्डकीका केही स्थान र बाँकी भूभागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

राति कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको आँकलन गरिएको छ । मंगलबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका केही स्थान र बाँकी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

बुधबार प्रदेश १, बागमती र लुम्बिनीका केही स्थान र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com