२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

उदयपुरमा मोटरसाइकल दुर्घटना, १ जनाको मृत्यु

उदयपुरमा मोटरसाइकल दुर्घटना, १ जनाको मृत्यु

जनसेवा न्युज डटकम संवाददाता

 

उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केमा आइतबार बेलुकी मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकलमा पछाडी सवार त्रियुगा नगरपालिका–१ का २० वर्षीय भुपेन्द्र चौधरी रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको उपचारको क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते भएका मोटरसाइकल चालक १८ वर्षीय अविशेक चौधरीको सोही अस्पतालमा उपचार भइरहेको छ ।

मोतिगडाबाट जोगिदहतर्फ जाँदै गरेको प्रदेश १–०५–००१ प ४४६८ नम्बरको मोटरसाइकल हिजो बेलुकी साढे ८ बजे अनियन्त्रित भइ पल्टिएको हो ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com