२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

१० दिनपछि जुम्लाको​ हिमामा टेलिफोन सेवा सन्चालन

१० दिनपछि जुम्लाको​ हिमामा टेलिफोन सेवा सन्चालन

 

१० दिनअघि अवरुद्ध भएको हिमा गाउँपालिकाको टेलिफोन सेवा आजबाट सुचारु भएको छ । १० दिनदेखि टेलिफोनविहीन भएका हिमा गाउँपालिकाका बासिन्दाले आजबाट टेलिफोन सेवा लिन पाएको जुम्लाका प्रमुख रामचन्द्र श्रेष्ठले बताए । उनले भने, हिमामा रहेको टेलिफोन टावरको हर्नमा क्षति भएपछि काठमाडौंबाट सामग्री ल्याई जोडिएको छ ।

प्रमुख श्रेष्ठका अनुसार क्षमता पनि बढाइएको छ । आजदेखि प्रभावकारी रुपमा टेलिफोन चलेको छ । एक पटकमा त्यस क्षेत्रमा ८० जनाले चलाउने क्षमता थियो भने अब दोब्बर भएको छ । त्यस्तै, हिमा गाउँपालिका निर्वाचन अधिकृत ऋतु राईका अनुसार टेलिफोन आएपछि काममा सजिलो भएको छ । उनले टेलिफोनविहिन हुँदा निर्वाचनका बेला कसरी काम गर्ने डर थियो । टेलिफोन सेवा लामो समय नबन्दा निर्वाचनमा कठिन हुने भन्दै निर्वाचन आयोगलाई समेत पत्र तयार गरेका थियो ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com