२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

डडेल्धुरा पुगेर देउवाले भने- प्रदेश राजधानी बनाउँछु, कांग्रेसलाई जिताउनुहोस्

डडेल्धुरा पुगेर देउवाले भने- प्रदेश राजधानी बनाउँछु, कांग्रेसलाई जिताउनुहोस्

 

डडेल्धुरा । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेल्धुरालाई प्रदेशको राजधानी बनाउने बताएका छन्। मंगलबार डडेल्धुराको बसपार्कमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले भौतिक संरचना तयार गरेर प्रदेश राजधानी डडेल्धुरा बनाउने आश्वासन दिएका हुन्।

डडेल्धुराका सातै स्थानीय तहमा कांग्रेसलाई जिताए राजधानी डडेल्धुरा ल्याउने उनको भनाइ छ। कर्ण मल्ललाई लक्षित गर्दै उनले कसैले डडेल्धुरालाई राजधानी बनाएन भनेर झुटो अफवाह फैलाएको आरोप लगाए । डडेल्धुरा र डोटीमा सभागृहलगायत संरचनाहरू नभएका कारण राजधानी नबनाएको उनको तर्क थियो।

‘डडेल्धुरा र डोटीमा सभागृहलगायत संरचना थिएनन्। त्यसकारण राजधानी बनाउन सकिएन। अब संरचनाहरु निर्माण गर्छौ,’ उनले भने, ‘डडेल्धुरालाई नै प्रदेश राजधानी बनाउन सकिन्छ। त्यो कुन ठूलो कुरा हो भो रु पालमुनि सभाहल बनाउन सकिँदैन।’

पश्चिम सेती बनाउँछु

देउवाले बहुप्रतीक्षित पश्चिम सेती जलविद्युत परियोजना बनाउनेसमेत आश्वासन दिए। यसका लागि भारतसँग कुरा भइरहेको उनको भनाइ छ ।

उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी आउने भएकाले यस विषयमा कुराकानी गर्ने बताए। ‘पश्चिम सेती आन्तरिक लगानीमा निमार्ण गर्न सम्भव छैन। चिनियाँ कम्पनीले निर्माण गरेको विद्युत भारतले किन्दैन। त्यसैले भारतलाई नै पश्चिम सेतीको जिम्मा दिने तयारी भइरहेको छ,’ उनले भने।

उनले डडेल्धुराको पूईलेकमा विमालस्थल निर्माणको काम अगाडि बढाएको बताए। यस्तै देउवाले जिल्ला सदरमुकाममा बसपार्क, पोखरा बेलारपुर, उग्रतारा मेलैली सडक कालोपत्र गर्ने, मेडिकल कलेज सञ्चालन गर्ने, जिल्ला सदरमुकामको सडक फराकिलो बनाउने प्रतिबद्धता व्यक्त गरे।

देउवाले डडेल्धुराका सबै स्थानीय तहहरुमा कांग्रेसलाई जिताउनसमेत आग्रह गरे।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com