२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

खोटाङमा मादक पदार्थ बिक्री वितरणमा रोक

खोटाङमा मादक पदार्थ बिक्री वितरणमा रोक

जनसेवा न्युज डटकम संवाददाता

स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय खोटाङले मादक पदार्थ ओसारपसार, बिक्री वितरण तथा सेवनमा रोक लगाएको छ । शुक्रबार हुने निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण बनाउन प्रशासनले मंगलबार राति १२ बजेदेखि मतदान सम्पन्न नभएसम्मका लागि मादक पदार्थ ओसारपसार, बिक्री वितरण र सेवन नगर्न नगराउन निर्देशन दिएको हो ।

प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले जारी गरेको सूचनामा स्थानीय तह निर्वाचन निर्देशिका २०७८ दफा ७१ (मादक पदार्थ निषेध गर्ने) मा भएको व्यवस्थाको कार्यान्वयनका लागि मादक पदार्थको ओसारपसार, बिक्री वितरण र सेवनमा कडाइ गरेको उल्लेख छ ।

प्रशासनले मतदानको दिन बिहान ४ बजेदेखि सोही दिनको राति १० बजेसम्म सुरक्षा निकाय, एम्बुलेन्स, दमकल, विद्युत सेवा, अस्पताल सेवा, शव बाहन, दुरसञ्चार सेवा जस्ता अत्यावश्यक सेवा र अनुमति लिएका सवारी साधन बाहेकका अन्य सवारी साधनमा पनि रोक लगाएको छ ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com