२०८१ जेष्ठ ६ - Sun May, 2024 -

Janasewa News

सुनसरी दुहबीमा अज्ञात समूहद्वारा एमाले कार्यकर्तामाथि छुरा प्रहार

सुनसरी दुहबीमा अज्ञात समूहद्वारा एमाले कार्यकर्तामाथि छुरा प्रहार

जनसेवा न्युज डटकम संवाददाता

दुहबी । सुनसरीको दुहबी–९ मा सोमबार राती ९ बजे अज्ञात समूहले एमाले कार्यकर्ता प्रदीप ऋषिदेवमाथि छुरा प्रहार गरेको छ । घाइते ऋषि देवका अनुसार आफू घर नजिकैको मन्दिरमा बसिरहेको बेला करिब १० जनाको समूहमा आएका व्यक्तिहरुले आफू माथि छुरा प्रहार गरेको बताएका छन् ।

सोही वडाका एमाले तर्फका अध्यक्षका उम्मेदवार ताबिज मियाले घाइते ऋषिदेव आफ्नो पार्टीको कार्यकर्ता रहेको बताए । घाइतेको उपचार सुनसरी सामुदायिक अस्पतालमा भइरहेको दुहबी प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक जय देव माझीले घटनाको अनुसन्धान भइरहेको बताए । यो घटना निर्वाचनसँग सम्बन्धित भएको वा नभएको खुलेको छैन । केही दिन अगाडी मात्र सोही वडाको छाता बेलिमा एमाले कार्यकर्ता र नेपाली काँग्रेसको कार्यकर्ताबीच झडप भएको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com