२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

गुल्मीको रेसुङ्गा नगरपालिकाको २, ३ र ४ वडामा काग्रेस विजयी

गुल्मीको रेसुङ्गा नगरपालिकाको २, ३ र ४ वडामा काग्रेस विजयी

 

काठमाडौं । गुल्मीको रेसुङ्गा नगरपालिकाको चार वटा वडाको मतगणना सकिएको छ । वडा नम्बर १ एमालेको हातमा परेको छ भने २, ३ र ४ को मतगणना सकिँदा चारवटै वडामा नेपाली कांग्रेसले वडाको नेतृत्व हात पारेको छ भने मेयर पदमा पनि कांग्रेसले नै अग्रता लिएको छ ।

नगरपालिकाको वडा नं १ मा एमालेका रामप्रसाद पन्थी ३०५ मतसहित विजयी भएका छन् भने २ मा कांग्रेसका हिराबहादुर थापा ३८० मतका साथ विजयी भएका छन् । त्यसैगररी वडा नम्बर ३ मा कांग्रेसकै बावुराम खत्रीले ४८७, वडा नम्बर ४ मा लिलाधर आचार्यले ५५७ मतका साथ प्यानलसहित विजयी भएका छन् ।

रेसुङ्गा नगरपालिकामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका मेयरका उम्मेदवार खिलध्वज पन्थीले १८२९ मतसहित अग्रता लिइरहेका र नेकपा एमालेका राजेन्द्रप्रसाद पाण्डेयले १३ सय ६५ मतसहित पछ्याइरहेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com