२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

भारतीय प्रधानमन्त्री मोदी पाँचौँपटक नेपाल आउँदै

भारतीय प्रधानमन्त्री मोदी पाँचौँपटक नेपाल आउँदै

 

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भारतीय सरकार प्रमुखको हैसियतमा पाचौँपटक नेपाल आउँदै छन् ।

भोलि सोमबार उनी करिब ६ घण्टाको लागि मात्र नेपाल आउन लागेका हुन् । भगवान् गौतम बुद्धको जन्मयन्ती तथा लुम्बिनी दिवसका अवसरमा मोदी लुम्बिनी आउन लागेका हुन ।

बुद्ध जयन्तीको अवसरमा सोमबार लुम्बिनीमा हुने विशेष समारोहमा सहभागी हुन मोदी नेपाल आउन लागेका हुन् । उनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त समारोहका लागि निमन्त्रणा गरेका थिए । लुम्बिनीबाटै मोदी ६ घण्टापछि भारत फर्कने छन् ।

सोमबार बिहान करिब ११ बजेतिर भारतीय वायु सेनाको विशेष हेलिकप्टरमार्फत मोदी लुम्बिनीमा अवतरण गर्नेछन् । त्यसपछि सीधै मायादेवीको मन्दिर दर्शनमा जाने कार्यक्रम रहेको छ ।

कार्यतालिका अनुसार मायादेवी मन्दिरमा प्रधानमन्त्री देउवा र मोदीले संयुक्त प्रार्थना गर्नेछन् । त्यसपछि करिब साढे ११ बजेतिर त्यहीं आयोजना गरिने भूमिपूजामा समेत दुवै प्रधानमन्त्री सहभागी हुने जनाइएको छ ।

त्यसपछि प्रधानमन्त्री मोदीले लुम्बिनीमा बौद्ध संस्कृति र सम्पदा केन्द्रको शिलान्यास गर्ने कार्यक्रम समेत राखिएको छ । ती सबै काम सकेर मोदी पवन इन्टरनेसनल होटल आराम गर्ने जनाइएको छ । सोही होटलमा परराष्ट्रमन्त्री डा। नारायण खड्काले मोदीसँग शिष्टाचार भेटवार्ता गर्ने तथा प्रधानमन्त्री देउवाले समेत विशेष भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

दुवै प्रधानमन्त्रीको भेटवार्ता लगत्तै दुई देशीय द्विपक्षीय उच्चस्तरीय कूटनीतिक अधिकारीहरुको बैठक पनि सोही होटलमा सुरु हुने जनाइएको छ । सो क्रममा विभिन्न ५ वटा सम्झौतामा हस्ताक्षर समेत गरिने कार्यतालिका रहेको छ ।

प्रधानमन्त्रीद्वय मोदी र देउवाको उपस्थितिमा भारतीय शैक्षिक एवं सांस्कृतिक प्रतिष्ठानले लुम्बिनी बौद्ध विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धित एक(एकवटा तथा काठमाडौँ विश्वविद्यालयसँग तीनवटा गरी ५ वटा समझदारीपत्रमा हस्ताक्षर हुने बताइएको छ ।

यसरी लुम्बिनीमा करिब ६ घण्टा बिताएर सोमबार नै बेलुकी ५ बजे प्रधानमन्त्री मोदी स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com