२०८१ बैशाख ८ - Sat Apr, 2024 -

Janasewa News

पेट्रोलियम मूल्यवृद्धि फिर्ताको माग गर्दै चार विद्यार्थी संगठनले गरे आएल निगम घेराउ

पेट्रोलियम मूल्यवृद्धि फिर्ताको माग गर्दै चार विद्यार्थी संगठनले गरे आएल निगम घेराउ

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी), वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी निकट वैज्ञानिक समाजवादी विद्यार्थी संगठन, नेकपा (विप्लव) निकट अखिल (क्रान्तिकारी) र अनेरास्ववियु (पाँचौं) को संयुक्त आयोजनामा पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिका विरुद्धमा विरोधसभाको आयोजना गरिएको छ ।

नेपाल आयल निगमको कार्यालय टेकु परिसरमा गरिएको विरोधसभालाई अखिल (क्रान्तिकारी) का अध्यक्ष हरिकृष्ण गजुरेल, वैज्ञानिक समाजवादी विद्यार्थी संगठनकी संयोजक राजेश्वरी सुवेदी, अखिल क्रान्तिकारीका अध्यक्ष प्रकाश शाहीले विरोध मन्तव्य राख्नुभएको थियो । विरोधसभाको सञ्चालन अनेरास्ववियु (पाँचौं) का कोषाध्यक्ष नवीन गिरीले गर्नुभएको थियो ।

पेट्रोलियम पदार्थको मूल्यमा पटक पटक वृद्धि गरेर दैनिक उपभोग्य वस्तुको अत्यधिक मूल्यवृद्धि हुन थालेपछि अखिल (क्रान्तिकारी)का अध्यक्ष गजुरेलले हिजो बेलुका वक्तव्य जारी गरेर संघर्षमा उत्रन आव्हान समेत गर्नुभएको थियो । गजुरेलले कथित स्थानीय तहको निर्वाचन भए लगत्तै (नतिजा नआउँदै) निर्वाचनमा भएको खर्चको असुल उपर गर्न यसरी मूल्यवृद्धि गरेर जनताको ढाड सेक्ने काम गरेको बताउनु भयो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com