२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

चितवनको माडी नगरपालिकाको मेयरमा एमालेकी ताराकुमारी विजयी

चितवन । जिल्लाको माडी नगरपालिकाको मेयरमा नेकपा (एमाले) की ताराकुमारी काजी महतो निर्वाचित भएकी छन् । पाँच दलीय गठबन्धनको तर्फबाट मेयरको उमेदवार बनेका नेकपा (माओवादी केन्द्र) का ऋषी काफ्ले दुई हजार १७२ मतान्तरले पराजित भएका हुन् ।

मेयरमा निर्वाचित महतोले नौ हजार ९०१ मत प्राप्त गर्दा काफ्लेले जम्मा सात हजार ७२९ मत मात्रै प्राप्त गरे । मेयर र उपमेयर पदमा एमाले र राप्रपाले तालमेल गरेका थिए ।

उपमेयरमा भने कांग्रेसका खेम महतोले छ हजार ८३० मत ल्याएर निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी राप्रपाका मदन पौडेलले पाँच हजार १४० र स्वतन्त्र उमेदवार कृष्ण पौडेलले तीन हजार ८६ मत ल्याए । महतो एक कार्यकाल उपमेयर भएर काम गरिसकेकि छन् ।

लगातार रुपमा वडा अध्यक्ष पद गुमाउँदै गएको एमालेले अन्तिम चरणमा मेयर र वडा नं ६ मा जीत हात पारेको हो । वडा नं ६ मा एमालेका दीपेन्द्रराज पौडेल निर्वाचित भएका छन् ।

माओवादी केन्द्रले माडी–२, ४, ५ र ९, राप्रपाले माडी–१ र ८ र एकिकृत समाजवादीले माडी–३ र ७ मा विजय हात पारेको हो ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com