२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

निम्नवर्गलाई माथि उकास्ने बजेट ल्याउनुपर्नेमा सांसद संग्रौलाको जोड

निम्नवर्गलाई माथि उकास्ने बजेट ल्याउनुपर्नेमा सांसद संग्रौलाको जोड

जनसेवा न्युज डटकम संवाददाता

नेपाली काँग्रेसकी सांसद डा। डिला संग्रौलाले आमजनतालाई सकारात्मक प्रभाव पार्ने र निम्नवर्गका तह र तप्कालाई माथि उकास्ने खालको बजेट निर्माण हुनुपर्ने बताएकी छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा विनियोजन विधयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उनले निम्नवर्गलाई माथि उकास्ने खालको बजेट ल्याउन सुझाव दिएकी हुन् ।

सांसद संग्रौलाले बजेटले प्रत्येक नागरिकलाई आफ्नो देश प्रतिको राष्ट्रियताको भावना जगाउँदै स्वदेशमा नै रोजगारी गरी उत्पादन वृद्धि गर्ने र उत्पादित वस्तुको निर्यात गरी अर्थतन्त्र मजबुत बनाउन सक्नु पर्नेमा जोड दिइन् । ‘‘मेरो देश मैले नै बनाउनु हो’’ भन्ने कुरा प्रत्येक नागरिकमा ल्याउन सबै पक्षबाट इमान्दारिता हुनुृपर्ने सन्देश आगामी बजेटमा आउन जरुरी छ,’ संग्रौलाले भनिन् ।

उनले उत्पादनमूलक क्षेत्रमा लगानीको मात्र बढाउन र निजी क्षेत्रलाई प्रोत्साहन गर्न सरकारले उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्ने उनको भनाइ छ । सहयोग र अनुदानलाई लक्षित क्षेत्रमा कार्यान्वयन गर्दै भरसक ऋण लिने प्रवृत्तिलाई कम गर्दै जानुपर्नेमा उनले जोड दिइन् ।

पूर्वाधार विकासलाई जोड दिँदै कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन, विद्युत, खानेपानी, सिंचाई, सडक, सामाजिक सुरक्षा र न्यायको सामनजस्यता कायम गरी प्राथमिकताको आधारमा विकास गर्दै अर्थतन्त्र मजबुत बनाउन सक्नुपर्ने उनको भनाइ छ ।

आम्दानीको स्रोतहरुलाई व्यवस्थापन गर्दे अनुपात्दक खर्चलाई कटौती गर्न उनको सुझवा छ । भ्रष्ट्राचार, कमिशन, चुहावटलाई रोक्न प्रभावकारी कदम ल्याउन आवश्यक रहेको संगौलाको भनाइ छ । जलवायु परिवर्तन र विपद व्यवस्थापनमा विशेष जोड दिनुपर्ने उनले बताइन् ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com