२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

सुर्यविनायक नगरपालिकामा प्रमुख र उपप्रमुख दुवै एमाले जित्यो

सुर्यविनायक नगरपालिकामा प्रमुख र उपप्रमुख दुवै एमाले जित्यो

भक्तपुर । भक्तपुरको सुर्यविनायक नगरपालिकामा एमालेले प्रमुख र उपप्रमुख दुवै पद जितेको छ । मेयरमा एमालेका बासुदेव थापा र उपमेयरमा एमालेकै सरिता भट्टराई निर्वाचित भएका हुन् ।

थापा १४ हजर ७५८ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका निसान ढुङ्गेलले १३ हजार २३२ मत ल्याए ।

त्यस्तै उपप्रमुखमा भट्टराईले १४ हजार ४ सय ९० मत पाएकी छन् । दोस्रोमा रहेकी नेकपा एसका श्याम सुन्दर बस्नेतले ६ हजार ६ सय ६१ मत ल्याए । यो नगरमा कांग्रेस र नेकपा एसबिच तालमेल थियो ।

सुर्यविनायकमा यसअघि पनि एमालेबाट थापानै प्रमुखमा विजयी भएका थिए भने उपप्रमुखमा नयाँ अनुहार ल्याएको थियो ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com