२०८० चैत्र १५ - Thu Mar, 2024 -

Janasewa News

युगान्डाविरुद्ध ब्याटिङ गर्दै नेपाल

 

जनसेवा न्युज डटकम संवाददाता

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले तेस्रो महिला टी–ट्वान्टी अन्तर्राष्ट्रियमा खेलमा युगान्डासँग खेल्दैछ । त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ । युगान्डाले केहीबेरमा नेपालविरुद्ध बलिङ थाल्नेछ ।

आजको खेलमा नेपालले तीन खेलाडी परिवर्तन गरेको छ । काजर श्रेष्ठ, अप्सिरी बेगम र कविता जोशीलाई बेन्चमा राखेको छ । जोती पाण्डे, रोमा थापा र संगिता राईलाई मैदान उतारेको छ । यसअघिको दुई खेलमा पराजित भएको नेपाल आजको खेलमा सजह जित निकाल्दै सिरिज जोगाउने योजनामा छ ।

पाँच महिला टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा युगान्डाले पहिलो खेलमा १२ रन र दोस्रो खेलमा एक विकेटको जितका साथ २–० को अग्रता लिएको छ । युगान्डा आजको खेलमा पनि जित निकाल्दै सिरिज आफ्नो पक्षमा पार्न चाहन्छ । त्यसैले नेपाललाई आजको खेलमा जित निकाल्नै पर्ने दबाब छ ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com