२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

नुवाकोटको किस्पाङमा एमाले(माओवादी मिलेर कांग्रेस हराए

नुवाकोटको किस्पाङमा एमाले(माओवादी मिलेर कांग्रेस हराए

नुवाकोट । सत्ता गठबन्धन दलले गठबन्धनमा आबद्ध दलभन्दा बाहिर मोर्चाबन्दी गरेर चुनाव लड्न रोकेपनि नुवाकोटमा भने एमाले र माओवादी मिलेर कांग्रेसलाई हराएका छन् ।

कांग्रेसका केन्द्रीय सदस्य बहादुर सिंह लामाको गाँउपालिकामा माओवादी र एमाले मिलेर कांग्रेससँग चुनाव लडेका हुन् । यो पालिकाको अध्यक्ष, उपाध्यक्ष दुवै पदमा कांग्रेस पराजित भएको छ । कांग्रेसको बलियो अखडा रहेको यो किस्पाङमा एमालेले अध्यक्ष र माओवादी केन्द्रले उपाध्यक्ष जितेको हो ।

एमालेका विर बल तामाङले अध्यक्ष र माओवादी केन्द्रका अर्जुन प्रसाद न्यौपानेले उपाध्यक्ष जितेका हुन् । तमाङले कांग्रेसका छत्र बहादुर लामालाई पराजित गरेका थिए । तामाङले ३६३८ मत ल्याएका थिए भने उनका प्रतिस्पर्धी कांग्रेसका लामाले ३४५२ मत पाएका थिए

त्यस्तै उपाध्यक्षमा माओवादी केन्द्रका न्यौपानेले ३७१२ मत ल्याएर विजयी भएका हुन् । उनले कांग्रेसका दिल कुमारी मोक्तानलाइृ हराएका हुन् । मोक्तानले ३२६० मत पाएका थिए ।

५ वटा वडा रहेको यो पालिकामा एमालेले अध्यक्ष र २ वटा वडा तथा माओवादी केन्द्रले उपाध्यक्ष र तीन वटा वडा लिएर चुनावी तालमेल गरेका थिए ।

वडा नम्बर १ मा कांग्रेसका पशुपति घले, वडा २ मा माओवादी केन्द्रका बद्री प्रसाद देवकोटा, वडा नम्बर ३ मा माओवादीका सुरेन्द्र बहादुर तामाङ, वडा नम्बर ४ मा कांग्रेसका बिनोद तामाङ र वडा ५ मा कांग्रेसका प्रकाश तामाङले जितेका छन् ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com