२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

संसदीय समितिले प्रधानसेनापतिलाई बोलायो छलफलमा

संसदीय समितिले प्रधानसेनापतिलाई बोलायो छलफलमा

जनसेवा न्युज डटकम संवाददाता

संसदीय समितिले प्रधानसेनापति प्रभुराम शर्मालाई छलफलका लागि बोलाएको छ । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानसेनापति प्रभुराम शर्मालाई छलफलका लागि शुक्रबार बिहान ९ बजे बोलाएको हो ।

नेपाली सेनाले अमेरिकाको नेसनल गार्डसँग स्टेट पार्टनरसिप प्रोग्राम ९एसपीपी० का लागि पत्राचार गरेको विषय सार्वजनिक भएपछि संसदीय समितिले प्रधानसेनापति शर्मालाई छलफलमा बोलाएको जनाइएको छ ।बुधबार अमेरिकी दूतावासले नेपाल एसपीपीको अंग भइसकेको बताएको थियो । त्यसको केही घण्टापछि नेपाली सेनाले विज्ञप्ति जारी गर्दै कुनै पनि सैन्य गठबन्धनमा नरहेको जनाएको थियो ।

बिहीबार मात्रै तत्कालीन प्रधान सेनापति राजेन्द्र क्षेत्रीले अमेरिकी दूतावासलाई स्टेट पार्टनरसिपमा सहभागी हुन पत्र लेखेको सार्वजनिक भएको छ । सो पत्र सार्वजनिक भएसँगै प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानसेनापति शर्मालाई छलफलमा बोलाएको छ ।​

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com