२०८३ बैशाख ३ - Thu Apr, 2026 -

Janasewa News

राजेन्द्रप्रसाद पाण्डेले अझै फिर्ता गरेनन् सरकारी सवारी

पाण्डेले अझै फिर्ता गरेनन् सरकारी सवारी

मकवानपुर । बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेश सरकारले उपलब्ध गराएको सवारी साधन अझै फिर्ता गरेका छैनन् । नेकपा एकीकृत समाजवादीका उपाध्यक्षसमेत रहेका पाण्डे मङ्सिर ४ गतेको निर्वाचनमा धादिङ निर्वाचन क्षेत्र नम्बर -१ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।

प्रतिनिधिसभामा सपथ लिएपछि उनले बागमती प्रदेशको मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए । मुख्यमन्त्रीबाट राजीनामा दिएको सात दिनभित्र सवारीसाधन फिर्ता गर्नुपर्ने भए पनि निवर्तमान मुख्यमन्त्री पाण्डेले अझै सवारी फिर्ता गरेका छैनन् ।

उनले प्रयोग गर्दै आएको बागमती प्रदेश ०३-००१-०११३ नम्बरको सवारी फिर्ता गर्न अटेरी गरिरहेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बागमती प्रदेशका जिन्सी शाखाका सुदिप सुवेदीले मुख्यमन्त्री पाण्डेले अझै उक्त सवारीसाधन फिर्ता नगरेको बताए ।

उनले प्रदेशका प्रमुख सचिवमार्फत् सवारी साधनफिर्ता ल्याउन पहल भैइरहेको जानकारी दिए ।

२०७८ साल कात्तिक ११ गते वाग्मती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका पाण्डेले संघीय सासंदमा निर्वाचित भएपछि २०७९ साल पुस ८ गते पदबाट राजीनामा दिएका थिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com