२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

पाँचखालको प्रमुखमा काँग्रेस उम्मेदवार महेश खरेल १२ हजार ८३६ मत प्राप्त गरी विजयी

पाँचखालको प्रमुखमा काँग्रेस उम्मेदवार महेश खरेल १२ हजार ८३६ मत प्राप्त गरी विजयी

जनसेवा न्युृज डटकम संवाददाता

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ । काँग्रेस उम्मेदवार महेश खरेल विजयी भएका हुन् । खरेलले १२ हजार ८३६ मत प्राप्त गर्दा प्रमुखका निकटतम प्रतिस्पर्धी एमालेका कञ्चन अधिकारीले आठ हजार ११५ मत प्राप्त गरे ।

यस्तै उपप्रमुखमा भने एमालेकी सूर्यमाया दनुवार विजयी भएकी छिन् । एमालेका उपप्रमुख पदका उम्मेदवार दनुवारले ९ हजार ५३४ मत प्राप्त गरी विजयी भएकी हुन् ।

उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका चेतप्रसाद गौतम (मणि) ले ९ हजार १० मत प्राप्त गरे । त्यस्तै वडाहरुमा क्रमशः वडा नं १ मा माओवादी केन्द्रका जय बहादुर तामाङले ५९४ मत प्राप्त गरी विजयी भएका छन् भने वडा नं २ मा काँग्रेसका रामेश्वर दाहालले ९३४ मत प्राप्त गरी विजयी भए ।

वडा नं ३ मा काँग्रेसका सुन्दर अधिकारीले ८०५ मत, वडा नं ४ मा काँग्रेसकै सुन्दर तामाङले ९१० मत, वडा नं ५ मा एमालेका सीताराम ढुङ्गानाले ६१४ मत र वडा नं ६ मा नेकपा (एकीकृत समाजवादी) का रामशरण दुलालले एक हजार ३८२ मत प्राप्त गरी विजयी भए ।

त्यस्तै वडा नं ७ मा काँग्रेसका रामकृष्ण दङ्गालले ६९६ मत, वडा नं ८ मा काँग्रेसकै सञ्जय तामाङले एक हजार १५८ मत, वडा नं ९ मा एमालेका रामकाजी श्रेष्ठले एक हजार ११ मत, वडा नं १० मा एमालेकै नारायण प्रसाद सापकोटाले ६५५ मत, वडा नं ११ मा काँग्रेसका हीराकाजी तामाङ ९१६ मत, वडा नं १२ मा कांग्रेसका ज्ञानबहादुर दनुवारले एक हजार १७७ मत र वडा नं १३ मा कांग्रेसका सुकुवीर तामाङले ७०४ मत प्राप्त गरी विजयी भए ।

सो नगरपालिकाको वडा नं १३ कोशिदेखास्थित श्रीराम मावि मतदान केन्द्रमा गत वैशाख ३० गते शुक्रबार भएको मतदानमा मतपत्र वितरणको क्रममा विवाद उत्पन्न भएपछि स्थगित भएकोमा यही जेठ ३ गते पुनः मतदान भएको थियो ।

यसका कारण ढिला गरी मतगणना भएको थियो । पाँचखालको मतगणना सम्पन्न भएसँगै जिल्लाका १३ वटै स्थानीय तहको मतगणना सम्पन्न भएको छ ।

 

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com