प्रतिनिधिसभाको बैठक समय सारियो,रास्वपा सभापति रवि लामिछाने विपक्षीसँग संवादमा

काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्ने समय सारिएको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक विपक्षीसँग कुरा नमिलेपछि २ बजेसम्मलाई सारिएको हो ।
संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले सूचना निकालेर बैठक सरेको जानकारी गराएका छन् ।
प्रधानमन्त्रीको विवादित अभिव्यक्तिलाई लिएर विपक्षीले सदन अवरोध गर्दै आइरहेका छन्।
सदनको अवरोध हटाउन रास्वपा सभापति रवि लामिछाने विपक्षीसँग संवादमा छन् ।



