२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

गढीमाईमा दोस्रो कार्यकालका लागि निर्वाचित भए यादव

गढीमाईमा दोस्रो कार्यकालका लागि निर्वाचित भए यादव

रौतहट । रौतहटको गढीमाई नगरपालिकाको मेयरमा नेपाली कांग्रेस उम्मेदवार श्यामप्रसाद यादव ८हजार ६३१ मत ल्याई विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी, नेपाल उम्मेदवार शेख अबुलकलाम आजादले ८ हजार ७३ मत ल्याएका छन् । यादवले कलामलाई ५ सय ५८ मतान्तरले पराजित गरेका हुन् ।

यो जितसँगै यादव दोस्रो कार्यकालका लागि जनताबाट अनुमोदित भ‌एका छन् । उनले गढीमाईका जनताले आफुले पहिलो कार्यकालमा गरेका विकास निर्माण र राम्रा कामहरूलाई देखेर अधुरा काम पुरा गर्न जिताएको प्रतिक्रिया दिए ‌। उनले अब पहिलो कार्यकालमा बाँकी रहेका अधुरा कामहरु पुरा गर्दै नयाँ योजना सहित गढीमाईको विकास गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यसैगरी उपमेयरमा जनता समाजवादी पार्टी, नेपालकी उम्मेदवार स्मिताकुमारी यादव ६ हजार ६७१ मत सहित विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका उम्मेदवार नागेन्‍द्र सिंहले ५ हजार ९०२ मत ल्याएका छन् । यस नगरपालिकामा नेपाली कांग्रेस र नेपाल कम्यूनिष्ट पार्टी एकिकृत समाजबादीले तालमेल गरेका थिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com