२०८० चैत्र १५ - Thu Mar, 2024 -

Janasewa News

बलात्कार आरोपमा इटहरीस्थित ब्लूमिङ लोटस इंग्लिस स्कूलको तत्कालीन प्रिन्सिपल पक्राउ

बलात्कार आरोपमा इटहरीस्थित ब्लूमिङ लोटस इंग्लिस स्कूलको तत्कालीन प्रिन्सिपल पक्राउ

काठमाडौं । पाँच वर्ष अगाडि विद्यार्थीलाई बलात्कार गरेको अभियोगमा सुनसरी जिल्लाको इटहरीस्थित ब्लूमिङ लोटस इंग्लिस स्कूलको तत्कालीन प्रिन्सिपल पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ३६ वर्षीय राजकुमार खड्कालाई पक्राउ गरेको हो ।

सीआईबीका अनुसार काठमाडौंको टोखा नगरपालिकास्थित बानियाटारमा डेरामा बस्दै आएका खड्कालाई पक्राउ गरी सुनसरी प्रहरीमा बुझाउन लगिएको हो । धरान उपमहनगरपालिका–५ स्थित ब्लूमिङ लोटस इङ्लिस स्कूलमा प्रिन्सिपल रहेका खड्कामाथि २०७४ साउन २६ गते सोही (उपमहानगरपालिका) १३ स्थित एक गेस्ट हाउसमा लगेर आफ्नै विद्यार्थीलाई बलात्कार गरेको आरोप लागेको छ ।

जानकारी अनुसार उपचारका लागि अस्पताल लैजाने भन्दै गेस्ट हाउसमा लगेर उक्त विद्यार्थीलाई बलात्कार गरेका थिए । साथै पछि स्कुलबाट रेस्टिकेट गरिदिने भन्दै धम्क्याएर उनले दुई वर्षसम्म बलात्कार गरेको खड्कामाथि आरोप छ ।

केही समय अगाडि मात्रै काठमाडौंमा ब्यूटी प्याजेन्टको नाममा प्रतिस्पर्धीलाई बलात्कार गरेको घटना सार्वजनिक भएको थियो । सोही क्रममा इटहरीको यो घटना पनि सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको हो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com