२०८१ बैशाख ३१ - Mon May, 2024 -

Janasewa News

आँचल शर्मालाई बल्ल हिरोइन भएको महसुस !

आँचल शर्मालाई बल्ल हिरोइन भएको महसुस !

जनसेवा न्युज डटकम संवाददाता

अभिनेत्री आँचल शर्माको बेलाबेला चर्चा भइरहन्छ । पछिल्लो समय भने उनी अभिव्यक्तिको कारण चर्चा छाएकी छिन् । जुन उनले फिल्म ‘वर एण्ड बधु’को कार्यक्रममा दिएकी थिइन् ।

मिलन चाम्सको निर्देशन रहने फिल्मको बुधबार औपचारिक निर्माण घोषणाका लागि एक कार्यक्रम आयोजना भएको थियो । कार्यक्रम आयोजना स्थलमा भव्य सजावट सहित रेड कार्पेट समेत बिच्छ्याइएको थियो । कार्यक्रमको भव्य आयोजना देखेर उनले भनिन्, ‘मैले आज बल्ल आफू हिरोइन भएको महसुस गर्दैछु ।’ उनको यो भनाई लिएर अहिले मिडियामा गसिप बनिरहेको छ ।

कार्यक्रममा उनलाई अहिलेसम्म हिरोइन हुँ भन्ने नै महशुश नभएको हो र ? प्रश्न राखिएको थियो । जवाफमा उनले थुप्रै कार्यक्रममा पुगेपनि यति भव्य कार्यक्रममा यसअगाडि सहभागी नभएको बताइन् ।

‘वर एण्ड वधु आँचलको नै मुख्य अभिनय रहने फिल्म हो । कार्यक्रममा फिल्मका लागि आफुले ५ केजी तौल समेत घटाएको बताएकी थिइन् । प्रेमकथामा निर्माण हुने फिल्ममा आँचलको अलवा साम्राज्ञी आरएल शाह, विजय लामा, रमेश बुढाथोकी, रविन्द्र खड्का, हिमेश पन्त, किरण केसी, बुद्धि तामाङ, मनोज केसी, रविना केसी, सृष्टि खड्काको अलवा र नव–अभिनेता विवेक कर्माचार्यको समेत मुख्य भूमिका रहनेछ ।
रोमानिया, इटली, फ्रान्स र नेपालमा छायांकन हुने फिल्मको छायांकन जेठको अन्तिमबाट सुरु हुनेछ ।

 

 

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com