सरकारको नीति तथा कार्यक्रम संसदबाट बहुमतले पारित
सरकारको नीति तथा कार्यक्रम संसदबाट बहुमतले पारित
काठमाडौं । सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम प्रतिनिधिसभाको बहुमतले पारित भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ दिएपछि सभामुखले निर्णयार्थ पेश गरेकोमा बहुमतले नीति तथा कार्यक्रम पारित भएको हो ।
अब सरकारलाई बजेट प्रस्तुत गर्ने बाटो खुलेको छ ।
यसअघि प्रधानमन्त्रीले सांसदहरुका पूरक प्रश्नको समेत जवाफ दिएका थिए ।