२०८३ बैशाख ४ - Fri Apr, 2026 -

Janasewa News

शासकहरू मुठीभरको स्वार्थमा डुब्दा देश र जनता कंगाल भए : विप्लव

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले शासकहरू मुठीभरको स्वार्थमा फस्दा देश र जनता कंगाल भएको बताएका छन् । प्रज्ञाभवन कमलादीमा आइतबार भएको ध्रुवीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले शासकहरू जनतातिर नभई मुठीभरको स्वार्थमा फस्दा देश कंगाल भएको बताएका हुन् ।

‘शासकहरू जनतातिर फर्किएनन् । विदेश(मालिक)तिर फर्किँदा समस्या आयो । मुठीभरको स्वार्थमा राज्य डुब्यो । राजनीतिज्ञहरू डुबे’, उनले भने, ‘गणतन्त्र आएको १८ वर्ष लामो समय गोलचक्करमा राज्य फसेको छ । तर जनतामा फर्किन सकेको छैन । नेपालको गणतन्त्र जनताको गणतन्त्र बन्न सकेन । त्यसैले आजको थुप्रै समस्याहरू हामीले खेप्नुपरेको छ । यसमा हाम्रो पार्टी निकै सचेत छ ।’

नेकपाले सम्पूर्ण मित्रशक्ति कम्युनिस्ट, समाजवादी, गणतन्त्रवादी, देशभक्तहरूलाई एक ठाउँमा ल्याएर देश र गणतन्त्रलाई जनताको राज्यमा बदल्ने चाहना रहेको विप्लवले दाबी गरे ।

देशमै बसेर जनतालाई उच्च शिर बनाएर आफ्नै विवेक, बल र तागतमा राष्ट्र निर्माण गर्न सकिन्छ भन्ने एउटा सन्देश दिनखोजेको उनको भनाइ छ ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com