२०८१ बैशाख १२ - Wed Apr, 2024 -

Janasewa News

नेता त्यागी होस्, आडम्बरी र पाखण्डी नहोस् : ओली

नेता त्यागी होस्, आडम्बरी र पाखण्डी नहोस् : ओली

जनसेवा न्युज डटकम संवाददाता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हरेक नेता आडम्बरी र पाखण्डी हुन छोडेर त्यागी भएमात्रै देश विकास हुने बताएका छन् ।

आइतबार काठमाडौमा ‘युवासँग केपी ओली’ कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आफूलाई वर्तमान सरकारसँग कटाक्ष गर्न मन नलागेको भन्दै वर्तमान अवस्थाले आलोचना गर्नुपरिरहेको बताए ।

‘म कुनै सरकारलाई कटाक्ष गर्न किन चाहान्छु रु मेरो देशमा जुनसुकै सरकार बनेपनि स्वच्छ सरकार बनोस्, हरेक नेता त्यागी होस्, आडम्बरी पाखण्डी नहोस्’, उनले भने, ‘माछा खानु हुन्न भन्ने घर गएपछि किताबका पो खानुहुन्न खोला र पोखरीका खानुहुन्छ भन्ने नगरोस् ।’ त्यस्तै उनले सरकार कसैको मानपदवी बढाउन नभइ देशमा सुशासनका लागि होस् भनेर मन पोल्ने गरेको बताए ।

‘सेटिङमा बजेट बन्छ, करका दर व्यापारीले तोक्छन् अनि मन पोल्छ । जनता लुटिएकाले मन पोल्छ, सरकार कसैको मानपदवी बढाउन नभइ देशमा सुशासनका लागि होस् भनेर मन पोल्ने गरेको छ’, पुर्व प्रधानमन्त्री समेत रहेका ओलीको भनाइ छ ।

उनले आफु प्रधानमन्त्री हुँदा देशमा कहिल्यै पैसा छैन भनेको सुन्नुभएको छ भन्दै युवाहरुलाई प्रश्न गरे । ‘म प्रधानमन्त्री हुँदा पैसा छैन भनेको कहिल्यै सुन्नुभयो रु यता पनि पैसा छ, उता पनि पैसा छ । हुलाकी राजमार्ग बन्छ पैसा छ । धरहरा बन्छ पैसा छ । रानीपोखरी बन्छ पैसा छ, दरवार हाइस्कुल बन्छ पैसा छ । आर्मीको हेडक्वाटर बन्छ पैसा छ’, उनले ३९६ वटा अस्पताल आफूले एकै ठाउँबाट शिलान्यास गरेको र बजेट छुट्याए पनि अहिले पैसा नै नभएर केही काम नभएको बताए ।

‘अहिले सवै पैसा कटेको छ, केही विकास गर्न पैसा छैन । बाटो बनाउने, पुल बनाउने पैसा छैन । ठेकेदारलाई भुक्तानी दिने पैसा छैन । पैसा जान्छ कहाँ रु’पैसा कहाँ गयो र अलच्छिन कहाँबाट पस्यो भन्नेमा आफूलाई चिन्ता लागेको बताए । ‘पैसा कसरी हरायो रु अलच्छिन कहाँबाट पस्यो रु’, सरकारलाई आलोचना गर्ने रुची नभएको भन्दै ओलीले भने, ‘एमालेको भन्दा राम्रो काम गरोस, विकास होस् जनताले दुख नपाउन् भन्नेमात्र हो ।’

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com