२०८३ बैशाख ३ - Thu Apr, 2026 -

Janasewa News

कर घटाएर भएपनि पेट्रोलियम पदार्थमा गरिएको मूल्यबृद्धि तत्काल हटाउनुपर्छ : अध्यक्ष दाहाल

कर घटाएर भएपनि पेट्रोलियम पदार्थमा गरिएको मूल्यबृद्धि तत्काल हटाउनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं । सत्तासाझेदार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले कर घटाएर भएपनि पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल हटाउन सरकारलाई सुझाव दिएका छन् । शनिबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै अध्यक्ष दाहालले यस्तो सुझाव दिएका हुन् ।

त्यसो गरिएन भने जनतामा असन्तुष्टि बढ्दै गएर आक्रोशमा परिणत हुने र त्यसले मुलुकमा झन गम्भीर संकट पैदा हुने अध्यक्ष दाहालको भनाइ थियो । अध्यक्ष दाहालले संघ र प्रदेशको निर्वाचन सम्पन्न हुनेवित्तिकै आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सरकारले गुणात्मक कदम चाल्न ढिलाई गर्न नहुने स्पष्ट पार्नु भयो ।

उनले भनेका छन्, ‘मेरो सरकारलाई के सुझाव छ भने पेट्रोलियम पदार्थको मूल्य बृद्धि जसरी भएको छ । हाम्रा छिमेकीहरुले यो मूल्यबृद्धिको मारबाट जनतालाई जोगाउनका लागि पहिला उठाउने भनेको कर छुट दिएर मूल्य समायोजन गर्न कोसिस भएको छ । हाम्रो पनि यस अगाडि पेट्रोलियम पदार्थमा जुन कर लगाउने गरिएको छ । त्यो कर घटाएर, हटाएर जसरी भएपनि जनतालाई राहत दिने कुरामा सरकारको ध्यान जाओस् म गम्भीर रुपले भन्न चाहन्छु ।’
उनले थप भनेका छन्, ‘मैले सम्माननीय प्रधानमन्त्रीजीलाई अस्ती मात्रै पनि भनेको छु । कर घटाएर भएपनि मूल्यबृद्धि रोक्नु प¥यो । हामीले यसलाई गम्भिर रुपले लिन सकेनौ भने जनता जनतामा असन्तुष्टि र आक्रोश जन बढछ र त्यसले संकट झन गम्भीर हुने खतरा छ । मलाई लाग्छ–सम्मानीय प्रधानमन्त्रीजीले यो विषयलाई गम्भीर रुपले लिनुभएको छ र समाधान गर्नका लागि हामी अगाडि जानुछ । तत्काल त हामी फेरी प्रदेश र संघको निर्वाचनमा जाँदैछौ ।’

उनले फेरि भने, ‘हामीलाई अहिले आवश्यक्ता छ, हाम्रो आर्थिक नीतिमा, उत्पादनमा, हाम्रो आत्मनिर्भर हुने प्रक्रियामा गुणात्मक ढंगले नसोची नहुने अवस्था छ । तर हामी निर्वाचन वर्षमा प्रवेश गरिसकेका छौं । हामी त्यो निर्वाचनमा त जानुनै छ । निर्वाचन प्रक्रिया सम्पन्न हुनेसँगै आउने दिनमा कृषि उत्पादनमा वृद्धि गर्नका निम्ति त्यसको व्यवसायिकीकरण, यान्त्रिकीकरण, त्यसको बैज्ञानिक विधिबाट अगाडि बढाउने कुरा अनि कृषिमा आधारित उद्योगहरु स्थापना गर्ने काम, भूउपयोग नीतिलाई अझ परिमार्जन गरी कार्यान्वयन गर्ने कुरा यो सबै कुरामा हामीले गुणात्मक ढंगले सोच्न जरुरी छ ।’

अध्यक्ष दाहालको मुलुकको आर्थिक संकट समाधानका लागि कृषि उत्पादनमा जोड दिन जरुरी रहेको पनि दोहो¥याएका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com